काठमाडाैंको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा « Khabarhub

काठमाडाैंको सीतापाइलामा सेनाको पेट्रोल पम्प सञ्चालनमा


४ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेनाले काठमाडौँको सीतापाइलामा नयाँ पेट्रोल पम्प सञ्चालनमा ल्याएको छ । सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा निर्माण भएको उक्त पेट्रोल पम्पको आज प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे ।

पचास हजार लिटर पेट्रोल तथा डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउनेछन् । सेनाले कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसन सञ्चालनमा ल्याएको छ ।

नेपाल सरकारको स्वीकृतिमा राष्ट्रिय सुरक्षालाई आवश्यक पर्ने पेट्रोलियम पदार्थको रणनीतिक मौज्दात कायम राख्नाका साथै आन्तरिक मागको आपूर्तिलाई सहजीकरण गर्ने उद्देश्यसहित ती फ्युल स्टेसन सञ्चालनमा रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सो अवसरमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृत, स्थानीय जनप्रतिनिधि, सडक विभाग तथा नेपाल आयल निगमका प्रतिनिधिको उपस्थिति थियो । यसैबीच, प्रधानसेनापति शर्माले आज काठमाडौंको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवासगृहको समेत उद्घाटन गरे ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार  ११ : ०२ बजे

जनकपुरधाममा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

जनकपुरधाम– मधेस प्रदेशका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटन फोटो

सोमबार कांग्रेसले निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने

काठमाडौं– नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा समानुपातिक सूचि बुझाउने भएको

रास्वपाको समानुपातिक उम्मेदवार छनोट गर्न प्रारम्भिक मतदानको समय थपियो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक उम्मेदवार छनोटका लागि जारी प्रारम्भिक

बालेन र रवि मिलेपछि जनार्दनसँग कुलमानको सहकार्य, एकै चुनाव चिह्न प्रयोग गर्ने

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र राष्ट्रिय स्वतन्त्र पार्टीका

हेल्प नेपाल क्वाटरफाइनलमा

काठमाडौं– साबिक विजेता हेल्प नेपाल नवौँ एनभीए महिला तथा पुरुष