गाउँभरिको खेतमा सामूहिक रोपाइँ  « Khabarhub

गाउँभरिको खेतमा सामूहिक रोपाइँ 


५ श्रावण २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

राँझा– जिल्लाको खजुरा गाउँपालिका-१ राधापुरका महिलाले गाउँभरिको खेतमा सामूहिक रोपाइँ गरेका छन् । रोजगारीका लागि अधिकांश पुरुषले घरछोडेपछि राधापुरका महिलाले सामूहिक रोपाइँ गर्दै आएका हुन् ।

रोपाइँ समूहमा आवद्ध २५ महिला एक महिनादेखि गाउँका खेतमा आलोपालो गर्दै रोपाइँमै व्यस्त देखिन्छन् । 

‘घरमा लोग्ने मान्छे छैनन्, भान्सादेखि घरबाहिरको खेती किसानी सबै हाम्रै जिम्मामा छ’, धान रोप्दै गर्नुभएकी राधापुरकी ममता विकले भनिन्, ‘एक्लै खेत रोपेर नसकिने, गाउँमा खेताला पनि नपाइने भएपछि गाउँका दिदीबहिनी मिलेर सामूहिक रोपाइँ सुरु गरेका हौँ ।’

महिला दिदीबहिनीले आफ्नो मात्र नभइ मूल्य तोकेर गाउँमा सबैको धान रोपाइँको काम गर्न थालेपछी अहिले खेताला खोज्नुपर्ने झन्झट हराएको उनले बताइन्। यसरी सामूहिक रोपाइँ गर्दा काम खोज्ने र कामदार खोज्ने दुवै पक्षलाई सहज भएको उनको बुझाइ छ ।

समूहका सदस्यभित्र प्रति घण्टा दुई हजार र समूह बाहिरप्रति घण्टा तीन हजारका दरले महिला दिदीबहिनीले रोपाइँ गर्दै आएका छन् । सामूहिक रोपाइँबाट यसवर्षको हालसम्म रु एक लाख ८० हजार आम्दानी भइसकेको समूहकी अगुवा अञ्जली सुनारले जानकारी दिइन् ।

‘समूहमा आवद्ध भएर काम गर्दा आफ्नो धान रोपाइँ समयमै हुनुको साथै आर्थिक बचत पनि गर्न सफल भएका छौँ’, उनले भनिन्, ‘यो वर्षको अहिलेसम्म  एक लाख ८० हजार बचत भइसकेको छ, अझै एक हप्तासम्म रोपाइँ गर्दा  दुई लाख पुग्छ ।’

राधापुरको न्याउलीडाँडा निवासी बालसरा सुनारले सामूहिक रोपाइँले गाउँमा खेती किसानीको काममा धेरै सहज भएको बताइन् । ‘आफ्नो सात कठ्ठा खेतमा धान रोप्ने गरेकामा महिला समूहमा आवद्ध भएपछि यो वर्ष थप १० कठ्ठा खेत अधियाँ लगाएर रोपाइँ गरेको छु’, उनले भनिन्।

‘गाउँका अधिकांश युवा रोजगारीको लागि विदेश पलायन भएका छन्, घरमा वृद्ध सासू-ससुरा मात्रै हुनुहुन्छ’, स्थानीय समीक्षा खड्का विकले भनिन्, ‘बच्चाबच्चीको हेरचाह गर्ने, खेती किसानीका साथै परिवारको सम्पूर्ण जिम्मेवारी हेर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा समूहमा काम गर्दा सहयोग हुनुका साथै काम छिटो सम्पन्न भएको छ ।’

 विगतमा एक्लै वा एक-दुईजना पर्म लगाउने गरेपनि गतवर्षदेखि महिला समूहमा आवद्ध भएसँगै पर्म खोज्ने झन्झट अन्त्य भएको उनले बताए । 

‘गतवर्ष १७ जनाको समूह बनाएर रोपाइँको सुरुवात गरेका थियौँ, त्यसबाट रु एक लाख पाँच हजार आम्दानी गरेका थियौँ’, समीक्षाले भनिन्, ‘यो वर्ष २५ जनाको समूहबाट रोपाइँ गरिरहेका छौँ, आम्दानी पनि धेरै हुने अपेक्षा लिएका छौँ ।’

राधापुरका महिला दिदीबहिनीले सामूहिक रुपमा काम गरेर आर्थिक बचत गर्न सफल हुनुका साथै सकरात्मक सन्देश दिएको दलित महिला सङ्घकी सहजकर्ता तारा विकले बताइन्। उनहरुको उत्साहलाई कायम राख्न संस्थागत रुपमा आवश्यक सहयोग र समन्वय गरिने उनले जानकारी दिए। 

खजुरा गाउँपालिका-१ का वडाध्यक्ष मनवीर क्षेत्रीले दिदीबहिनीले सामूहिक रुपमा रोपाइँ गरेर उदाहरणीय कार्य गरिरहेको बताए ।

महिलाको हौसला वृद्धि गर्न अन्य सीपमूलक कार्यक्रम सञ्चालनको योजना बनाइएको जनाउँदै महिला सक्षम भए समाज नै समृद्ध बन्ने उनले धारणा राखे ।

प्रकाशित मिति : ५ श्रावण २०८१, शनिबार  १२ : ५८ बजे

‘कानुन बनाउन नपाएपछि महावीर पुनले रिसाएर छाडेका थिए सरकार’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले तत्कालीन शिक्षा मन्त्री महावीर पुन रिसले

राष्ट्रियसभाबाट तीन अध्यादेश स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा मतदाता नामावली ऐन, २०७३ लाई संशोधन

युवा संघले बनायो ५०१ सदस्यीय निर्वाचन परिचालन कमान्ड

काठमाडौं– नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले अध्यक्ष महाराजा गुरुङको

जुम्लामा बढ्यो चुनावी सरगर्मी

जुम्ला– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको