तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण « Khabarhub

तारादेवीको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कवि तारादेवी सुनुवारले जागिरे जीवनको क्रममा रोल्पा बस्दाको अनुभूति समेटेर तयार गरेको अनुभूतिहरूको सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण भएको छ ।

पुस्तकको शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रमबीच साहित्यकार डा. नवराज लम्साल, प्रतीक ढकाल, कवि मोमिला जोशी, कथाकार डा. अशोक थापा र लेखक तारादेवी सुनुवारले सम्युक्त रुपमा लोकार्पण गरेका हुन् ।

महिला विकास कार्यालय रोल्पामा कार्यरत रहँदा गरेको ‘दैनिक डायरी’लाई तारादेवीले पुस्तकको रूप दिएकी हुन् ।

साहित्यकार डा. लम्सालले लेखक तारादेवी सुनुवारको लेखन शैलीको प्रशंसा गर्दै उनले पहिलो बलमा नै ‘छक्का प्रहार’ गरेको तर्क गरे ।

तत्कालीन शसस्त्र युद्धको विषयवस्तु भएपनि बीचमा बसेर लेख्न सकेको भन्दै उनले लेखाइमा कुनै कुण्ठा, आवेग, दुराशय, चिन्ता नरहेको बताए । जीवन्त रहेको उनको पुस्तक रोल्पा चिन्न चाहने सबैले पढ्नैपर्ने बताए ।

पुस्तककी लेखिका सुनारले रोल्पाली दिदीबहिनीसँगको बसाइउनीहरूले भोगेको पीडा र त्यहाँको वास्तविकताले कृति तयार गर्न घच्घचाएको बताइन् ।

पुस्तकमा ग्रामीण जीवनको सुन्दरता, द्वन्द्वकालीन परिवेश, पारिवारिक विरासत र दैनिक अनुभवहरू समेटिएको छ । तत्कालीन शसस्त्र युद्धको क्रममा रोल्पाका गाउँका कथाहरू पुस्तकमा समावेश छन् ।

नेपाली र सुनुवार भाषामा बराबर कलम चलाउने ताराका  नेपाली भाषामा ‘परिस्थिति’, ‘अविरल’ तथा गजलसङ्ग्रह ‘सम्झनाका फूलहरू’ प्रकाशित छन् ।

यस्तै, सुनुवार भाषामा ‘थुँ थ्यानी संग्रह’, ‘देष् मपथु वोय’, कवितासंग्रह ‘सुया’गजलसंग्रह ‘झुल्पी फू’ प्रकाशित छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १२ : ३३ बजे

गाउँमा बाँदर निषेध गरे सुकुम्बासी समस्या आधाले निरुपण हुन्छ : अर्थशास्त्री हरि रोका

काठमाडौँ– अर्थशास्त्री हरि रोकाले सरकारलाई सहरमा सुकुम्बासी बस्न निषेध गर्नुभन्दा

दुईदिने बिदाकाे चापले अतिरिक्त सिफ्टको तयारीमा सरकारी अस्पताल, ओपीडी–शल्यक्रिया प्रभावित

काठमाडौँ– सरकारले इन्धन खपत घटाउने उद्देश्यले सातामा दुई दिन सार्वजनिक

प्रधानमन्त्री कप एनभीए लिग आजदेखि, ८ पुरुष र ६ महिला टोलीले प्रतिस्पर्धा गर्ने

काठमाडौँ– दशौँ संस्करणको प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल

हिमाली र पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मबाट गुमनाम भए डरलाग्दा भिलेन

काठमाडाैँ- नायक र खलनायकको द्वन्द्व नै फिल्मको प्रमुख आकर्षण हुन्