प्रधानमन्त्री ओलीप्रति कांग्रेस सभापति देउवाका तीन विश्वास « Khabarhub

प्रधानमन्त्री ओलीप्रति कांग्रेस सभापति देउवाका तीन विश्वास


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले जनचाहनाबमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र चलायमान अर्थतन्त्रको निर्माणमा सरकारले ठोस योगदान दिने विश्वास व्यक्त गरे ।

‘माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको वर्तमान सरकारले जनचाहना बमोजिम राष्ट्रिय हित अनुकुलको सुशासनयुक्त सरकार सञ्चालन गर्ने नै छ,’ देउवाले भने, ‘वर्तमान सरकारले विधिको शासन, संविधानको पूर्णकार्यान्वयनका लागि आवश्यक कानुनहरूको निर्माण, लगानीको वातावरण तयार पार्दै आज देखिएको आर्थिक शिथिलतालाई गति दिँदै रोजगारीका थप अवसरको सिर्जना र एउटा चलायमान अर्थतन्त्रको निर्माणमा ठोस योगदान दिनुहुने दिनेछ भन्ने मैले विश्वास लिएको छु ।’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अत्यन्तै मेहनती, अध्ययनशील र अनुभवी भएको बताउँदै उनको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेमा आफू विश्वस्त रहेको पनि बताए ।

‘प्रधानमन्त्री अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छ । उहाँको मन्त्रीमण्डलमा रहेका साथीहरु पनि योग्यलाई सक्षम हुनुहुन्छ,’ उनले भने, ‘उहाँहरूको नेतृत्वमा मुलुकले उन्नतिको नयाँ बाटो समात्नेछ भन्ने मैले विश्वास लिएको छु ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले सात बुँदे सहमति कार्यान्वयन प्रति कांग्रेस दृढ रहेको जिकिर गर्दै एमाले पनि दृढ रहनेमा आफू पूर्णरुपले विश्वस्त रहेको पनि बताए ।

‘राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउनका लागि गठन भएको वर्तमान सरकार सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने, ‘तसर्थ असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ । एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्णरुपले विश्वस्त छु ।’

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ३ : ०२ बजे

रोकिएन रास्वपा छोड्ने क्रम, बाराका सहसचिवले त्यागे साधारण सदस्यता

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी मधेस प्रदेश कमिटीका संस्थापक सदस्य पवन

बाँदरको बच्चाले ओराङउटान खेलौनालाई नै आमा मानेपछि…

काठमाडौं– सामाजिक सञ्जालमा भाइरल बाँदरको एउटा बच्चाको भिडियोले यतिबेला विश्वभरको

घट्दै काठमाडौंको प्रदूषण, आज प्रदूषित सहरको १८ औँ स्थानमा

काठमाडौं– काठमाडौं उपत्यकाको वायु प्रदूषण घटिरहेको छ । आज दिउँसो

शंकर पोखरेलप्रति रविको आक्रोश : मलाई संसद्‍बाट छलछाम गरेर निकाल्ने यहीँ छन्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई संसद्‍बाट छलछाम

दीक्षित विद्यार्थीलाई प्रधानमन्त्रीले भनिन्- औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन

गण्डकी– प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने