लिङदेन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छौँ तर विश्वासको मत दिँदैनौँ  « Khabarhub

लिङदेन भन्छन्- ओली प्रधानमन्त्री बन्दा खुसी छौँ तर विश्वासको मत दिँदैनौँ 


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । आज प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई विश्वासको मत नदिने स्पष्ट गरेका हुन् ।

अध्यक्ष लिङ्देनले आफू र आफ्नो दलको विगतमा एमालेसँग निर्वाचनमा तालमेल भएको उल्लेख गर्दै ओली प्रधानमन्त्री बन्दा आफू सबैभन्दा धेरै खुसी भएको बताए ।

उनले यसअघि पनि राप्रपाले २ पटक प्रधानमन्त्री ओली रहँदा विश्वासको मत दिएको स्मरण गर्दै सरकारले संविधान संशोधनको स्पष्ट खाका पेश गरेमा सरकारलाई सहयोग गर्ने पनि बताए ।

साथै उनले आम निर्वाचन हुनासाथ आफूले कांग्रेस र एमाले मिलेर सरकार बनाउन आग्रह गरेको स्मरण गर्दै अहिले आएर काँग्रेस-एमाले एक भएको प्रसङ्गमा यो गठबन्धन सफल नभए के हुन्छ भन्दै प्रश्न गरेका थिए ।

अध्यक्ष लिङदेनले माओवादी केन्द्र र फरक विचार राखिरहेका आफूहरूलाई मान्य हुने गरी नयाँ सहमति गरेर अगाडी जान प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ५ : २० बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी