ओलीसँगको भेटलाई राजनीतिकरण गरिनु खेदजनक : विनोद चौधरी | Khabarhub Khabarhub

ओलीसँगको भेटलाई राजनीतिकरण गरिनु खेदजनक : विनोद चौधरी


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


750
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सांसद विनोद चौधरी सन्दर्भ नै नभएको विषयमा आफूलाई जोडेर स्टन्टबाजी गरिएको बताएका छन् ।

उनले आजको संसद बैठकमा सहकारी प्रकरणमा जोडिएका व्यक्तिले आफूलाई सन्दर्भ नै नभएको विषयमा जोडर पराजित मानसिकताको परिचय दिएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘आजको संसद बैठकमा एउटा पार्टीका नेता जो आफै सहकारी प्रकरणमा नराम्रोसँग तानिएका छन्, उनले पराजित मानसिकताको परिचय दिए। सन्दर्भ नै नभएको विषयलाई मसँग जोडेर फेरि एउटा स्टन्ट बाजी गरे ।’

साथै चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटलाई राजनीतिकरण गर्न खोजिएको भन्दै खेद प्रकट गरेका छन् । ‘सत्ताको दुरुपयोग गरेर नेपालमा लामो इतिहास बोकेको एउटा उद्यमी तथा निर्वाचित सांसदलाई दुःख त दिए नै, आज फेरि अन्तर्राष्ट्रिय संगीत दिवसको साँझमा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँको निवास बालकोटमा भएको एउटा सामान्य भेटलाई जुन तरिकाले राजनीतिकरण गर्न खोजियो, यो खेदजनक छ । बाँकी कुरा म संसदमा नै राख्नेछु ’ उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : १८ बजे

विश्वकर्मा पूजाको लागि मूर्ति बनाउन भ्याइनभ्याइ

कैलाली – विश्वकर्माको पूजा आउन एक दिन बाँकी रहँदा यहाँ

मेटमणीलाई कारबाहीको माग गर्दै झलनाथले भने : भारतीय नागरिक हुन की नेपाली ?

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले पार्टीका

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक ओडीआई सिरिजमा क्यानडाविरुद्ध

जात्रामय हनुमानढोका (तस्बिरहरू)

काठमाडौं – इन्द्र जात्रा सुरु भएसँगै हनुमानढोका दरबार क्षेत्र जात्रामय

६७ जना सशस्त्र प्रहरी सहायक निरीक्षक दीक्षित

गण्डकी – सशस्त्र प्रहरी बल नेपाल, हुल तथा दङ्गा व्यवस्थापन