ट्राफिक प्रहरीले चालकमाथि कुटपिट गरेको भन्दै यातायात मजदुरद्वारा सडक अवरुद्ध | Khabarhub Khabarhub

ट्राफिक प्रहरीले चालकमाथि कुटपिट गरेको भन्दै यातायात मजदुरद्वारा सडक अवरुद्ध


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

ललितपुर – चालकमाथि ट्राफिक प्रहरीले हातपात गरेको भन्दै यातायात मजदुरहरुले आइतबार साँझ सातदोबाटो चोकमै सबै सवारीसाधन राखेर सडक अवरुद्ध गरेका छन् ।

गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरी सहायक हवल्दार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेको भन्दै यातायात मजदुरहरुले साँझ सातदोबाटो चोकमै सबै सवारीसाधन राखेर चक्काजाम गरेका हुन् ।

ललितपुरको लगनखेलबाट यात्रुसहित गोदावरी जाँदै गरेको बा २ ख २०७७ नम्बरको जम्बो हाइसका चालक तिरुवालाई सहायक हवल्दार चौधरीले कागजपत्र मागेका थिए । कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै रहेकोले आफुसँग नभएको बताएपछि यात्रु सहितको गाडीलाई मुख्य सडकमै छेकेर चाबी खोसेको चालकले बताएका छन् ।

विवादकै क्रममा जवान राईले समेत सडकमै गाडी छेकेर स्टेयरिङमै हातपात गरेको चालक तिरुवाले बताए ।उनले भने, ‘बिहानपनि कागजपत्र नभएको भन्दै ट्राफिकले जरिवाना काट्न खोजेका थिए । तर आफु हिँडेपछि पुनः सडकमै रोकेर जरिवाना काट्न खोजेपछि आफुले नमानेकाले गाडीको चाबी नै खोसेर म माथि हातपात गरियो ।’

आफुलाई गाडीमै कुटपिट गरिएको र लछारपछार गर्दै भूइँमा झारेपछि बुटले पनि प्रहार गरिएको तिरुवाले गुनासो गरे ।

घटना लगत्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटी र गोदावरी रुट इकाई कमिटीले सबै गाडीहरु सडकमै राखेर ट्राफिकको कुटपिटविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए ।

साँझ ५ बजेदेखि भएको सडक अवरुद्ध सवा आठ बजे मात्रै सुचारु भएको थियो । मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे र प्रदेश अध्यक्ष शंकर थापा, लगनेश्वर महादेव यातायात प्रालिका अध्यक्ष निरत्न नेवा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालयका सातदोबाटोका प्रमुख इन्स्पेक्टर भूपेन्द्र गिरी र पीडित चालक सहितको छलफलमा सहमति भएपछि सडक अवरुद्ध सुचारु भएको थियो ।

उनीहरुबीच चालकलाई आक्रमण गर्ने सहायक हवल्दार चौधरी र जवान राईलाई विभागीय गर्ने, क्षति पुगेको सवारीसाधनको मर्मत ट्राफिक कार्यालयले गरिदिने, घाइते चालकको उपचार ट्राफिक कार्यालयले गरिदिने, उक्त घटना र यसअघि ट्राफिक प्रहरी कार्यालयका तर्फबाट भएका गतिविधिहरुको अध्ययन गर्न सवै पक्ष सहभागी गराएर छानविन समिति गठन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ३९ बजे

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता

काठमाडौं उपत्यकाका पाँच क्षेत्रमा भेला र प्रदर्शन गर्न निषेध

काठमाडौं– जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौं उपत्यकाका विभिन्न पाँच क्षेत्रमा