ट्राफिक प्रहरीले चालकमाथि कुटपिट गरेको भन्दै यातायात मजदुरद्वारा सडक अवरुद्ध « Khabarhub

ट्राफिक प्रहरीले चालकमाथि कुटपिट गरेको भन्दै यातायात मजदुरद्वारा सडक अवरुद्ध


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

ललितपुर – चालकमाथि ट्राफिक प्रहरीले हातपात गरेको भन्दै यातायात मजदुरहरुले आइतबार साँझ सातदोबाटो चोकमै सबै सवारीसाधन राखेर सडक अवरुद्ध गरेका छन् ।

गोदावरी लगनखेल रुटका चालक राजकुमार तिरुवालाई ट्राफिक प्रहरी सहायक हवल्दार राजेश चौधरी र जवान अर्जुन राईले हातपात गरेको भन्दै यातायात मजदुरहरुले साँझ सातदोबाटो चोकमै सबै सवारीसाधन राखेर चक्काजाम गरेका हुन् ।

ललितपुरको लगनखेलबाट यात्रुसहित गोदावरी जाँदै गरेको बा २ ख २०७७ नम्बरको जम्बो हाइसका चालक तिरुवालाई सहायक हवल्दार चौधरीले कागजपत्र मागेका थिए । कागजपत्र ट्राफिक प्रहरी कार्यालयमै रहेकोले आफुसँग नभएको बताएपछि यात्रु सहितको गाडीलाई मुख्य सडकमै छेकेर चाबी खोसेको चालकले बताएका छन् ।

विवादकै क्रममा जवान राईले समेत सडकमै गाडी छेकेर स्टेयरिङमै हातपात गरेको चालक तिरुवाले बताए ।उनले भने, ‘बिहानपनि कागजपत्र नभएको भन्दै ट्राफिकले जरिवाना काट्न खोजेका थिए । तर आफु हिँडेपछि पुनः सडकमै रोकेर जरिवाना काट्न खोजेपछि आफुले नमानेकाले गाडीको चाबी नै खोसेर म माथि हातपात गरियो ।’

आफुलाई गाडीमै कुटपिट गरिएको र लछारपछार गर्दै भूइँमा झारेपछि बुटले पनि प्रहार गरिएको तिरुवाले गुनासो गरे ।

घटना लगत्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठन ललितपुर जिल्ला कमिटी र गोदावरी रुट इकाई कमिटीले सबै गाडीहरु सडकमै राखेर ट्राफिकको कुटपिटविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका थिए ।

साँझ ५ बजेदेखि भएको सडक अवरुद्ध सवा आठ बजे मात्रै सुचारु भएको थियो । मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राई, उपाध्यक्ष नवराज घिमिरे र प्रदेश अध्यक्ष शंकर थापा, लगनेश्वर महादेव यातायात प्रालिका अध्यक्ष निरत्न नेवा, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका डिएसपी सुनिलजंग शाह, ट्राफिक प्रहरी कार्यालयका सातदोबाटोका प्रमुख इन्स्पेक्टर भूपेन्द्र गिरी र पीडित चालक सहितको छलफलमा सहमति भएपछि सडक अवरुद्ध सुचारु भएको थियो ।

उनीहरुबीच चालकलाई आक्रमण गर्ने सहायक हवल्दार चौधरी र जवान राईलाई विभागीय गर्ने, क्षति पुगेको सवारीसाधनको मर्मत ट्राफिक कार्यालयले गरिदिने, घाइते चालकको उपचार ट्राफिक कार्यालयले गरिदिने, उक्त घटना र यसअघि ट्राफिक प्रहरी कार्यालयका तर्फबाट भएका गतिविधिहरुको अध्ययन गर्न सवै पक्ष सहभागी गराएर छानविन समिति गठन गर्ने सहमति भएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  ९ : ३९ बजे

जेनजी आन्दोलनबारे कार्की आयोगको प्रतिवेदन किन गुपचुप ? : प्रदीप पौडेल

काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले जेनजी आन्दोलनको छानबिन गर्न

किन लेबनानका पुललाई निसाना बनाउँदै छ इजरायल ?

बेरुत – इजरायली सेनाले दक्षिणी लेबनानका महत्त्वपूर्ण भौतिक पूर्वाधार र

बेमौसमी वर्षाबाट इँटा उद्योग प्रभावित

महोत्तरी– बेमौसमी वर्षाका कारण महोत्तरीको इँटा उद्योगहरुमा ६ करोड भन्दा

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

बाँके– बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन उपभोक्ता

बालेन सरकारको चुनौती : पुराना नेताको सम्पत्ति छानबिन होला ?

काठमाडौँ– यही चैत १३ गते रामनवमीको दिन बालेन्द्र शाह ‘बालेन’को