बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा « Khabarhub

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि गत असार २८ गतेदेखि बेनी–दरवाङ सडकअवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो । कार्यालयका सव–इञ्जिनियर रविन चोखालले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्कबिच्छेद भएको थियो । सर्वसाधारणलाई आवतजावत, बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य सामान ढूवानी, कृषि उपज निकासी प्रभावित बनेको थियो ।

निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पश्चिम म्याग्दीमा निर्माणाधिन जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सवस्टेशन आयोजनाको काम प्रभावित बनेको छ । फापरखेतको करिब एक सय मिटर दुरीमा पाखोबाट खस्ने सुक्खा पहिरो प्रदेश सरकारले स्तरोन्नति गरिरहेको बेनी–दरवाङ सडकको चुनौति बनेको छ ।

म्याग्दी– १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान र सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४१ बजे

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक