बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा « Khabarhub

बेनी–दरवाङ सडक १० दिनपछि सञ्चालनमा


६ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी-दरवाङ सडक १० दिनपछि आज साँझदेखि सञ्चालनमा आएको छ ।

बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा रहेको फापरखेतमा पहिरो खसेपछि गत असार २८ गतेदेखि बेनी–दरवाङ सडकअवरुद्ध भएको थियो ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले डोजर परिचालन गरी पहिरो पन्छाएपछि आइतबार साँझदेखि सडक सञ्चालनमा आएको हो । कार्यालयका सव–इञ्जिनियर रविन चोखालले सडकमा थुप्रिएको पहिरो पन्छाएर यातायातका साधन सञ्चालन गरिएको जानकारी दिए ।

सडक अवरुद्ध हुँदा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाको जिल्ला सदरमुकाम बेनी बजारसँग यातायात सम्पर्कबिच्छेद भएको थियो । सर्वसाधारणलाई आवतजावत, बिरामीलाई अस्पताल लैजान, दैनिक उपभोग्य सामान ढूवानी, कृषि उपज निकासी प्रभावित बनेको थियो ।

निर्माण सामग्री ढुवानी गर्न समस्या हुँदा पश्चिम म्याग्दीमा निर्माणाधिन जलविद्युत्, सडक, भवन, प्रसारण लाइन, सवस्टेशन आयोजनाको काम प्रभावित बनेको छ । फापरखेतको करिब एक सय मिटर दुरीमा पाखोबाट खस्ने सुक्खा पहिरो प्रदेश सरकारले स्तरोन्नति गरिरहेको बेनी–दरवाङ सडकको चुनौति बनेको छ ।

म्याग्दी– १ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले फापरखेतको पहिरोको विकल्पमा म्याग्दी नदीमा बेलिब्रिज जडान र सडक निर्माणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरिएको बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आइतबार  १० : ४१ बजे

एउटै वडाबाट एक करोडभन्दा बढीको सुन्तला बिक्री

तनहुँ- तनहुँको व्यास नगरपालिका–१४ स्थित केशवटारबाट यस वर्ष १ करोडभन्दा

पर्सामा कारबाट बरामद भयो एक क्वीन्टल बढी गाँजा, दुई जना पक्राउ

पर्सा– जिल्ला प्रहरी कार्यालय पर्साले १०४ केजीभन्दा बढी गाँजा बरामद

बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार गरेको कसुरमा नेपालका ढकाललाई २५ वर्ष जेल सजाय

काठमाडौँ– बेलायतमा ७ बालिका र १ महिलामाथि बलात्कार तथा यौन

मार्तडी आगलागीबाट २ करोड क्षतिको अनुमान

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा एक डिपार्टमेन्ट पसलमा आगलागी हुँदा २

मनास्लु घुम्न आउने पर्यटकबाट चुमनुब्री गाउँपालिकाले गर्‍यो ८० लाख आम्दानी

गोरखा- उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाले मनासलु संरक्षण क्षेत्र (एमक्याप) आउने