‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध « Khabarhub

‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फिल्म ‘के घर के डेरा’को सिक्वेल ‘घर नम्बर २’मा निर्देशक एवं कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । फिल्मका निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार उनी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र निश्चलबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक खनालका अनुसार अझै केही कलाकार छनोटको काम बाँकी रहेको छ । 

निर्माण पक्षले यसअघि खगेन्द्र लामिछाने अनुबन्ध गरिसकेको छ । निर्माण पक्ष साउन २५ गतेबाट छायांकनमा निस्कने तयारीमा छ । 

सिक्वेल भए पनि कथावस्तु फरक रहेकाले यसमा ‘के घर के डेरा’का कलाकार दोहोरिने सम्भावना न्यून रहेको बुझिएको छ । 

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीको लगानी रहने छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : १९ बजे

‘युवा पुस्ताले चाहेको परिवर्तन प्रविधि, उद्यमशीलता र अवसर हो’

चितवन– चितवनका युवाले उद्यमशीलतालाई राजनीतिसँग जोड्नुपर्नेमा जोड दिएका छन् ।

कूटनीतिमा युवा अनुसन्धानकर्ताको भूमिका महत्त्वपूर्ण छ: परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले ‘परराष्ट्र मन्त्रालय समर फेलोसिप

भीमफेदीमा कोदोखेती गर्ने किसानलाई अनुदान

मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले कोदोबालीतर्फ किसानलाई आकर्षित गर्न नगद अनुदान

सिन्धुपाल्चोकमा टिपर दुर्घटना: हाम फालेका लामाको च्यापिएर मृत्यु

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वरास्थित भित्री सडक खण्डमा बुधबार

खुट्टामा फुटबल, शरीरभरि आगोको दाग: आखिर को हुन् ती बालक ?

के तपाईं कल्पना गर्न सक्नुहुन्छ ? १४ महिनाको उमेरमा मृत्युको