‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध « Khabarhub

‘घर नम्बर २’ मा निश्चल बस्नेत अनुबन्ध


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं फिल्म ‘के घर के डेरा’को सिक्वेल ‘घर नम्बर २’मा निर्देशक एवं कलाकार निश्चल बस्नेत अनुबन्ध भएका छन् । फिल्मका निर्देशक दीपेन्द्रकुमार खनालका अनुसार उनी फिल्मको मुख्य भूमिकाका लागि अनुबन्ध भएका हुन् । 

निर्माण पक्ष र निश्चलबीच कागजी सम्झौता भइसकेको छ । निर्देशक खनालका अनुसार अझै केही कलाकार छनोटको काम बाँकी रहेको छ । 

निर्माण पक्षले यसअघि खगेन्द्र लामिछाने अनुबन्ध गरिसकेको छ । निर्माण पक्ष साउन २५ गतेबाट छायांकनमा निस्कने तयारीमा छ । 

सिक्वेल भए पनि कथावस्तु फरक रहेकाले यसमा ‘के घर के डेरा’का कलाकार दोहोरिने सम्भावना न्यून रहेको बुझिएको छ । 

‘घर नम्बर २’को कथा लेखक बुद्धिसागर हुन् । ए प्लस इन्टरटेनमेन्ट र नटराज क्रियसनको ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा युवराज कार्कीको लगानी रहने छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  १ : १९ बजे

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर

संयुक्त राष्ट्रसङ्घद्वारा बुशरा बीबीको हिरासतको अवस्थाको आलोचना

एजेन्सी– यातना सम्बन्धी संयुक्त राष्ट्रसंघीय विशेष प्रतिवेदकले पाकिस्तानका पूर्व प्रधानमन्त्रीकी