उद्योगको विद्युतबारे माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले झुट बोले, संसद्‍बाटै भ्रम छरे « Khabarhub

उद्योगको विद्युतबारे माओवादी सांसदको आरोप- प्रधानमन्त्रीले झुट बोले, संसद्‍बाटै भ्रम छरे


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले उद्योगहरूको बिजुली प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् ।

सोमबार बसेको संसद् बैठकमा बोल्ने क्रममा उनले यस्तो आरोप प्रधानमन्त्रीमाथि लगाएका हुन् ।

उनले विद्युत महसुल नतिर्ने, अकुत मुनाफा कमाउने ६१ वटा उद्योगहरू रहेको बताउँदै तिनले २२ अर्ब २६ करोड विद्युत् महसुल तिर्नु पर्ने बताए ।

पहिलो अवधि र पछिल्लो अवधिको १४ अर्ब रुपैयाँ महसुलबारे अदालतमा मुद्दा विचारधीन रहेको उनले बताउ । बाँकी ८ अर्ब २६ करोडको मुद्दामा जिल्ला अदालत र उच्च अदालतले असुलउपर गर्ने आदेश दिइसकेको उनले बताए ।

दाहालले संसद्‍को सार्वजनिक लेखा समितिले पनि असुलउपर गर्न आदेश दिएको बताए ।

‘महालेखाको प्रतिवेदन, लाल आयोगको प्रतिवेदनको आधारमा तत्कालीन मन्त्रिपरिषद्ले ८ अर्ब २६ करोड उठाउने निर्णय गरिसकेको छ’, उनले भने, ‘यसैको जगमा विद्युत् प्राधिकरणले लिखित पत्र पटक–पटक दिँदा पनि विद्युत् महसुल तिर्न अस्वीकार गरेपछि लाइन काटिएको छ ।’

उनले यसबारेमा आइतबार रोस्ट्रमबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो बोलेको बताए । ‘यसबारेमा प्रधानमन्त्रीज्यूले सफेद झुट बोल्नुभयो । सत्यलाई भ्रमले छोप्ने दुष्पर्यत्न गर्नुभयो’, उनले भने, ‘यी सबै प्रमाणहरूलाई उहाँले अवज्ञा गर्नुभयो । त्यसपछि विचौलियाको भाषामा, विचौलियाको दबाब र प्रभावमा विद्युत लाइन जोड्ने र तयसपछि महसुल मिानाहा गर्ने घोषणा गर्नुभयो ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : २९ बजे

वर्तमान आर्थिक स्थितिपत्र २०८३ : सुस्त वृद्धि, संरचनात्मक चुनौती कायमै

काठमाडाैं । सरकारले मुलुकको समग्र आर्थिक, सामाजिक तथा शासकीय अवस्थाको

मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो

भक्तपुर – भक्तपुर र काठमाडौँको सीमा क्षेत्रमा पर्ने मनोहरा सुकुम्वासी

कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या

सिरहा – सिरहा र धनुषा जिल्ला जोड्ने निर्माणाधीन कमला नदीमा

आईपीएल : दिल्लीले ८ रनमै गुमायो ६ विकेट, तीन ब्याट्सम्यान शून्य रनमै आउट

दिल्ली – आईपीएल २०२६ को ३९औँ खेलमा दिल्ली क्यापिटल्स र

सुकुम्वासी बस्ती खाली गर्न लागिएको विरूद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौं – सर्वोच्च अदालतले काठमाडौँका विभिन्न नदी किनार र सार्वजनिक