ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ « Khabarhub

ओलीको जवाफ- म आवेगमा छैन, उद्योगले प्रयोग गरेको महसुल तिर्नुपर्छ


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरूले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिको सोमबार बसेको बैठकमा सांसदहरूसँगको सवाल-जवाफका क्रममा उनले प्रयोग गरेको महसुल उद्योगले तिर्नुपर्ने बताए ।

‘हिजो पनि मैले प्रयोग गरेको बिजुलीको पैसा तिर्नु परेको तिर्नु पर्छ भनेको छु । तिर्नु पर्दैन भनेको छैन । अरू विवाद मिलाउँला । यो संसद्मा बोलेको रेकर्ड छ । सत्य कुरा बोल्नुपर्छ । हामी कुनै खेलबाड गर्न, गाली गर्न आएको होइन । देश र जनताका लागि काम गर्न आएको हो ।’

उनले सरकारलाई लाञ्छना लाउनु उपयुक्त नहुने बताए । ‘म कुनै आवेशमा छैन । आवेगमा छैन । तर झुटा लाञ्छनाबारे सबैजना जबाफदेही हुनुपर्छ । सदनको मर्यादा राख्नुपर्छ । झुटा कुरा गर्नु हुँदैन । सदनलाई हल्ला गर्ने ठाउँ बनाउनु हुँदैन’, उनले भने ।

आइतबारको संसद्‍ बैठकमा विद्युत् महसुल नतिर्ने उद्योगहरूमा तत्काल बिजुली जोड्न ओलीले दिएको निर्देशनबारे प्रश्न उठेको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  २ : ३६ बजे

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी