त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी  « Khabarhub

त्रिशूलीमा हराएका बस र यात्रुको खोजी जारी 


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमडौं गृह मन्त्रालयले चितवनको सिमलतालबाट बेपत्ता भएका दुईवटा बस र यात्रुको खोजी कार्य सोमबार ११ औं दिन पनि जारी रहेको जनाएको छ। 

मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले सोमबार पनि बेपत्ता बस र यात्रुहरुको खोजी कार्य जारी रहेको जानकारी दिएका छन् ।  

उनले वक्तव्य जारी गरेर भनेका छन्, ‘भरतपुर महानगरपालिका–२९ नारायणगढ–मुग्लिङ्ग सडकखण्डको सिमलतालमा गेग्रान बहावले बगाई त्रिशूली नदीमा खसेका दुईवटा बस तथा यात्रुको आज ११ औं दिन पनि खोजी कार्य भइरहेको छ ।’

प्रवक्ता भट्टराईका अनुसार सोमबार सिमलतालबाट साढे ३ किलोमिटरको दूरीमा रहेको घुमाउनेदेखि देवघाटसम्मको १६ किलोमिटर क्षेत्रमा खोजी कार्य गर्ने योजना रहेको छ । 

उनकाअनुसार आइतबार उद्धार टोलीले सेनार क्यामेरासहित खोजी कार्य थालेको संयुक्त टोलीले सिमलतालदेखि घुमाउनेसम्म करिव ३.५ किलोमिटर र देवघाटदेखि काभ्रेघाटसम्म करिव १० किलोमिटर क्षेत्रमा खोजी कार्य गरेको थियो ।

खोजी कार्यमा थप सहयोग गर्न छिमेकी राष्ट्र भारतको राष्ट्रिय आपदा मोचन बलबाट १२ जनाको प्राविधिक टोली नेपाल आएको छ । शनिबार चितवनका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला सुरक्षा समिति चितवन र भारतीय प्राविधिक टोलीको संयुक्त बैठकपछि आइतबार बिहानबाट खोजी कार्य सुरु भएको थियो ।

प्रवक्ता भट्टराईले घटनामा परी हराइरहेका यात्रुमध्ये हालसम्म २५ वटा शव प्राप्त भएका छन् । भेटिएका शवमध्ये दुईवटा भारतीय भूमिमा भेटिएका हुन् । हालसम्म १८ वटा शव सनाखत भइ परिवारको जिम्मा लगाइएको उनले बताए । 

सनाखत भएका शवमा १६ वटा पुरुष र २ वटा महिलाको छ भने सनाखत भएका शवमध्ये १३ नेपाली नागरिकका छन् । ५ वटा शवहरु भारतीय नागरिकका रहेका प्रवक्ता भट्टराईले बताए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ३ : ५९ बजे

कमिसन घटाउन र उचित भाडा तोक्न माग गर्दै इन्ड्राइभ चालकको प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग

कक्षा ८ पूरा गर्न नसकेका बालबालिकालाई वैकल्पिक शिक्षा दिँदै कनकाई नगरपालिका

भद्रपुर– कनकाई नगरपालिकाले कक्षा ८ पूरा गर्न नसकेका तथा विद्यालय

कांग्रेस पूर्वसभापति देउवा साउन २८ गते इतर पक्षको भेलामा सहभागी हुने

काठमाडौं– २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति

गंगालाल हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द अमात्य नियुक्त

काठमाडौं– शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्राडा आशिष गोविन्द

इरान समर्थित हुथी विद्रोहीद्वारा यमन र साउदी अरबमा एकसाथ ठूलो हमला

तेहरान- इरान समर्थित हुथी विद्रोहीहरूले बिहीबार यमन र साउदी अरबमा