सहकारीको अवस्थाबारे छलफल « Khabarhub

सहकारीको अवस्थाबारे छलफल


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारीको अवस्थाबारेमा संघीय मामिला मन्त्रालयका साथै स्थानीय तहका प्रतिनिधिहरूसँग छलफल गरेको छ । 

सिंहदरबारमा सोमबार बसेको समितिको १९ औं बैठकले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवका साथै नगरपालिका संघ, गाँउपालिका राष्ट्रिय महासंघ लगायतका निकायसँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

छलफलका क्रममा स्थानीय तहमा रहेका २४ हजार सहकारीमध्ये कुनैमा पनि ठगी सम्बन्धी समस्या नदेखिएको जानकारी प्राप्त भएको उनले बताए । त्यस्तै थापाले स्थानीय तहमा सहकारीलाई थप सुदृढ बनाउनका साथै समस्यामुक्त बनाउन सुझावहरू समेत आएको उल्लेख गरे ।

उनले सहकारी संस्था बचत रकम दुरुपयोगको छानविनका लागि सरोकारवालासँग निरन्तर छलफल गर्ने र आवश्यक निष्कर्षमा पुगिने जानकारी दिए ।  

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ४ : २३ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा