प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन | Khabarhub Khabarhub

प्रतिनिधिसभाको संशोधन सर्वसम्मतिले अनुमोदन


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट संशोधनसहित फिर्ता आएको अभिलेख संरक्षणसम्बन्धी (पहिलो संशोधन) विधेयक २०७७, सर्वसम्मतिले अनुमोदन गरेको छ ।

बैठकमा  ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रतिनिधिसभाबाट आएको संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै प्रतिनिधिसभाबाट आएको संशोधनलाई सर्वसम्मतिले अनुमोदन भएको जानकारी गराए।

मन्त्री पाण्डेले अभिलेखहरूको महत्वपूर्ण सामग्री, बहुमूल्य अभिलेखको संरक्षण गर्ने, सहज ढंगले उपयोग गर्ने र विद्युतीय माध्यमबाट पनि यसको ‘रेकर्ड’ हुने व्यवस्थालाई विधेयकबाट  सहयोग पुग्ने विश्वास व्यक्त गरे।  

राष्ट्रियसभाको अर्को बैठक यही साउन १५ गते मंगलबार दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ५ : ०० बजे

पहिरोले गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

अर्घाखाँची– लगातारको झरीले रिब्दीमा पहिरो जाँदा गोरूसिङ्गे सन्धिखर्क सडक अवरुद्ध

वामदेवले भने- सबै कम्युनिस्ट पार्टी नमिले सकिन्छौँ, एमालेसँग पनि मिल्न तयार हुनु पर्छ

काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीका वरिष्ठ नेता वामदेव गौतमले सबै

‘हिडन भ्याली’ मा फसेका १५ जना पर्यटकको उद्धार

म्याग्दी– धौलागिरि चक्रीय पदमार्गको ‘हिडन भ्याली’ मा फसेका तीन विदेशी

अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षकलाई सम्पर्कमा आउन त्रिविको आग्रह

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा उपभोग गरी सेवामा नफर्केका शिक्षक

विराटनगरमा ११८ दशमलव छ मिलिमिटर पानी पर्‍यो

विराटनगर– सन् २०२१ पछि पहिलो पटक कोशी प्रदेशमा कात्तिकमा भारी