अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि « Khabarhub

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधि अजुई हाङ राईले चुमेका छन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए ।

जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए ।

दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा एक सय प्रतियोगी छनोट गरिएको थियो ।

अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धी छनोट भई लाइभ अडिसन राउण्ड, इलिमिनेसन राउण्ड गर्दै उत्कृष्ट १६ प्रतिस्पर्धी छनोट भएका थिए ।

उत्कृष्ट १६बाट उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएको थियो । त्यसपछि उनीहरूसँग प्रतिश्पर्धामा उत्कृष्ट हुँदै राई सेफ नेपालको विजेता बन्न सफल भएका हुन् ।

अब छिट्टै शोको सक्सेस पार्टी आयोजना गरि विजेतालाई पुरस्कार हस्तान्तरण गरिने शेफ नेपालका परिकल्पनाकार एवम् क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

सर्वसाधारणलाई समेत सहभागी गराएर शेफ नेपालको पहिलो सिजन सम्पन्न गरिएकामा दोस्रो सिजनमा भने सेफहरूलाई सहभागी गराएर शेफ प्रोफेसनल शो गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ३२ बजे

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

विश्वकपमा मेक्सिकोको विजयी सुरुआत : पहिलो खेलमै तीन रातो कार्ड

मेक्सिको सिटी – विश्वकप फुटबलको उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले विजयी

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ

तापक्रम ह्वात्तै घट्यो, देशका विभिन्न स्थानमा भारी वर्षा

काठमाडौं – मौसम बदली भई देशका विभिन्न क्षेत्रमा वर्षा भएकाले