अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि « Khabarhub

अजुई हाङ राईले चुमे पहिलो ‘शेफ नेपाल’को उपाधि


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको पहिलो फुड रियालिटी शो ‘शेफ नेपाल’को उपाधि अजुई हाङ राईले चुमेका छन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा राई विजेता घोषणा गरिएको हो । राईसँगै अन्तिम तीन प्रतिष्पर्धीमा इङ्वा सुब्बा र विकेश श्रेष्ठ रहेका थिए ।

जज (निर्णायक)मा मास्टर सेफ सन्तोष शाह, सेफ गणेश ढकाल र भान्से लक्ष्मण भण्डारी रहेका थिए ।

दुई वर्ष अघिदेखि तयारी गर्दै आएको यस शेफ नेपाल फुड रियालिटी शोमा एक सय प्रतियोगी छनोट गरिएको थियो ।

अनलाइन आवेदनमार्फत १०० प्रतिस्पर्धी छनोट भई लाइभ अडिसन राउण्ड, इलिमिनेसन राउण्ड गर्दै उत्कृष्ट १६ प्रतिस्पर्धी छनोट भएका थिए ।

उत्कृष्ट १६बाट उत्कृष्ट ८ प्रतिष्पर्धी छानिएको थियो । त्यसपछि उनीहरूसँग प्रतिश्पर्धामा उत्कृष्ट हुँदै राई सेफ नेपालको विजेता बन्न सफल भएका हुन् ।

अब छिट्टै शोको सक्सेस पार्टी आयोजना गरि विजेतालाई पुरस्कार हस्तान्तरण गरिने शेफ नेपालका परिकल्पनाकार एवम् क्रिएटिभ डाइरेक्टर धर्मराज पाण्डेले जानकारी दिए ।

सर्वसाधारणलाई समेत सहभागी गराएर शेफ नेपालको पहिलो सिजन सम्पन्न गरिएकामा दोस्रो सिजनमा भने सेफहरूलाई सहभागी गराएर शेफ प्रोफेसनल शो गरिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ३२ बजे

एनपीएल हेर्न टीयू मैदान पुगे प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

लुम्बिनी र सुदूरपश्चिम रोयल्सको प्लेइङ ११ सार्वजनिक : को को परे ?

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र

चीन भ्रमण गरेर स्वदेश फर्किन् विद्या भण्डारी

काठमाडौं– पूर्व राष्ट्रपति तथा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारी

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस