मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न « Khabarhub

मंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


696
Shares
  • change font
  • change font
  • change font

काठमाडौँमंगोलिया र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । भारतीय र मंगोलियन सेनाले संयुक्त रुपमा ‘नोमाडिक एलिफेन्ट २०२४’ सैन्य अभ्यास गरेका हुन् ।

यस वर्षको संयुक्त सैन्य अभ्यास भारतमा आयोजना गरिएको थियो । गत जुलाई ३ देखि शुरु भएको अभ्यासको उद्‌घाटन भारतका लागि मंगोलियाका राजदूत दम्बज्याभन गानबोल्द र भारतीय सेनाका मेजर जनरल प्रसन्न जोशीले गरेका थिए ।

अघिल्लो वर्षको सैन्य अभ्यास भने मंगोलियामा आयोजना गरिएको थियो । यस वर्षको सैन्य अभ्यासमा मंगोलियाका १ सय ५० र भारतका ४५ सैनिकको सहभागिता रहेको थियो ।

संयुक्त अभ्यासको समापनसँगै दुई मुलुकका सेनाबीच रक्षा सहकार्यलाई बढावा दिने विषयमा सहमति भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ४२ बजे

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स

मनोनयन दर्ता गर्दा उम्मेदवारले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौं – अब निवाचन अगाडि मनोनयन पदत्र दर्ता गर्दा उम्मेदवारले

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार

आज २०८२ साल मंसिर २५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल मंसिर २५ गते बिहीबार तदनुसार