स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक | Khabarhub Khabarhub

स्वास्थ्य सेवाका दुई समूहको समायोजन सूची सार्वजनिक


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रेडियोग्राफर समूहका १३० र डार्करुम समूहका ४३ जना कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ ।

मंगलबार सार्वजनिक गरिएको समायोजन सूचीमा सातौँ तहका वरिष्ठ रोडियोग्राफर निरीक्षक, छैटौँ तहका रेडियोग्राफर निरीक्षक तथा पाँचौँ तहका रेडियोग्राफर रहेका छन् ।

ती अधिकांश रेडियोग्राफरको समायोजन प्रदेश र सङ्घमा भएको छ भने केही रेडियोग्राफर स्थानीय तहमा पनि समायोजित भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मन्त्रालयले नै डार्करुम उपसमूहका समायोजित हुनेमा छैटौँ तहका डार्करुम असिस्टेन्ट, निरीक्षक छैटौँ तह, वरिष्ठ डार्करुम असिस्टेन्ट पाँचौँ तह र डार्करुम असिस्टेन्ट चौथो तहका कर्मचारी रहेका छन् । सो उपसमूहका अधिकांश कर्मचारीको समायोजन प्रदेशअन्तर्गत भएको छ भने केही कर्मचारी मात्र सङ्घमा समायोजित भएको मन्त्रालयले जनाएको छ ।

सातौँ तहका वरिष्ठ कविराज निरीक्षक, छैटौँ तहका आयुर्वेद निरीक्षक, पाँचौँ तहका कविराज सहायक उपसमूहका ३३५ कर्मचारीको समायोजन सूची पनि मन्त्रालयले सार्वजनिक गरेको छ । ती अधिकांश कर्मचारी स्थानीय तहमा समायोजित भएका छन् ।

मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह÷उपसमूहमा कार्यरत कर्मचारीहरुको समायोजन प्रक्रिया छिटोभन्दा छिटो सम्पन्न हुने र समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्नेगरी पठाउने व्यवस्था मिलाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ४८ बजे

गाई तिहार र लक्ष्मी पूजा किन मनाइन्छ ?

काठमाडौं – नेपालको महत्त्वपूर्ण र उज्यालो पर्व तिहारको तेस्रो दिन

जलेको घरबाट पूर्व ऊर्जामन्त्री खड्काको प्रश्न : म देश छोडेर किन भाग्ने ?

काठमाडौं – पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आफ्नो

मेची भन्सारः तीन महिनामा चार अर्ब १५ करोड राजस्व सङ्कलन

झापा – मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८२र८३ को प्रथम

रूसका लागि लडिरहेका माओवादी पूर्वलडाकु बने सेक्सन कमान्डर

काठमाडौं – म्याग्दीका पूर्वमाओवादी लडाकु डाइमण्ड सी रूसी सेनाको सेक्सन

चीन जाने तेक्वान्दो टोलीको बिदाइ

काठमाडौं – चीन जाने नेपालको तेक्वान्दो टोलीको बिदाइ भएको छ।