पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप « Khabarhub

पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


411
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको बलुचिस्तानमा हैजाको प्रकोप देखिएको छ । बलोचिस्तानको दिर क्षेत्रमा हैजाको प्रकोप फैलिएको हो ।

पाकिस्तानी अखबार ट्रिब्युनका अनुसार दिर जिल्ला अस्पतालमा दैनिक २ सय जनाभन्दा धेरै हैजाका बिरामी आउने गरेका छन् । 

त्यसबाहेक अस्पतालमा झाडापखाला र ग्यास्ट्रिकका बिरामीको सङ्ख्या पनि धेरै रहेको ट्रिब्युनले जनाएको छ । केही समयअघि सो क्षेत्रमा उच्च तापक्रम र उष्णताका कारण झाडापखाला र ग्यास्ट्रिकका बिरामीको सङ्ख्या बढेको थियो ।

अस्पतालमा सीमित स्रोत साधन रहेकाले बिरामीको उपचारमा समस्या भइरहेको ट्रिब्युनले जनाएको छ । अस्पतालमा आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाउन सो क्षेत्रका स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सामाजिक अगुवाले प्रान्तीय सरकारसँग माग गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ६ : ५१ बजे

भरतपुर–काठमाडौँ उडानमा यात्रुको उच्च चाप

चितवन – पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

अमेरिकाको मियामीमा विमान दुर्घटना: ५ जनाको मृत्यु, ५ घाइते

काठमाडाैँ – अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा एमेजनको कार्गो

लामिन यामल चम्किएको खेलमा भ्यालेन्सियामाथि बार्सिलोना ५–० ले विजयी

काठमाडाैँ – स्पेनिस युवा स्टार लामिन यामालको उत्कृष्ट दुई गोलको

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणमा ढिलाइ

म्याग्दी – नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा