'आउटल : दफा २१९'को टिजरमा सुशीलको एङ्ग्री अवतार | Khabarhub Khabarhub

‘आउटल : दफा २१९’को टिजरमा सुशीलको एङ्ग्री अवतार


७ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं असोज ३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘आउटल : दफा २१९’ को टिजर सार्वजनिक भएको छ । निर्माण पक्षले सार्वजनिक गरेको औपचारिक टिजरमा नायक सुशीललाई ‘एङ्ग्री लुक्स‘मा देख्न सकिन्छ । 

फिल्मको मुख्य भूमिकामा सुशील रहेका छन् । टिजरमा उनले चरित्र निर्माणका लागि मिहिनेत गरेको देख्न सकिन्छ । फस्टलुक पोस्टर सार्वजनिक भएसँगै सुशीलको लुक्सलाई लिएर फिल्मको चर्चा छ । उनले फिल्मका लागि ज्यान बनाएको प्रष्ट देखिन्छ। 

टिजरमा सुशीलको इन्ट्री गज्जब छ । सार्वजनिक टिजरमा फिल्मको कथावस्तुको सामान्य जानकारी मात्र दिन खोजिएको छ ।

फिल्म एक्सन थ्रिलर जनरामा बनेको हो । संविधान दिवसको दिन रिलिज हुने यो फिल्मले उठाएको कथावस्तु दर्शकका लागि पनि विशेष हुने निर्माणपक्षको दाबी छ । 

फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन, विशाल पहरी लगायतका कलाकारहरूको अभिनय छ ।

बिक्की महर्जनको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा अमित अग्रहरि निर्माताको रुपमा छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह-निर्माताको रुपमा छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार  ७ : ३९ बजे

गोकर्णेश्वर मेलाको तयारी पूरा

काठमाडौं– प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित

एम्बुलेन्स सेवामा एकरूपतास् सेवाका लागि देशभर एउटै नम्बर ‘१०२’ 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्स सेवाको सञ्चालनलाई एकीकृत गर्न

सीप सिकेर आफैँ उद्यम गर्दै मेचीनगरका महिला

झापा– मेचीनगर नगरपालिका–३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’ तालिम लिएपछि

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

बेनी–जोमसोम र बेनी–दरवाङ सडक अवरुद्ध

म्याग्दी– मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम र म्याग्दीको तीन वटा