भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने, रेल र सडकमा ठूलो लगानी « Khabarhub

भारतीय बजेटमा बिहारलाई प्राथमिकता- २४ सय मेगावाट बिजुली निकालिने, रेल र सडकमा ठूलो लगानी


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली- भारत सरकाले युनियन बजेटमार्फत बिहार राज्यलाई विशेष प्राथमिकता दिएको छ । भारतीय बित्त मन्त्री निर्मला सीतारमणले म‌ंगलबार ल्याएको बजेटमा बिहारलाई विशेष प्राथमिकता दिइएको हो ।

बजेटमा बिहारको पिरपैन्तीमा २४ सय मेगावाटको बिजुली उत्पादनका लागि संयन्त्र निर्माण गरिने घोषणा गरिएको छ ।

२१ हजार ४०० करोडको लागतमा उक्त परियोजना निर्माण गरिने भएको छ । बिहारमा नयाँ विमानस्थल, मेडिकल कलेज र खेल संरचना निर्माणलाई ब्यापकता दिइने भएको छ ।

बहुपक्षीय विकास बैंकबाट बाहिरी सहयताका लागि बिहारको अनुरोधअनुसार काम गरिने भएको छ ।

वित्त मन्त्रीले बजेटमा बिहारको सडक-सम्पर्क परियोजनाका लागि २६ हजार करोड रुपैयाँ छुट्याएको जनाएकी छन् ।

यसबाट पटना-पूर्णिया एक्सप्रेस वे, बक्सर-भागलपुर एक्सप्रेस वेको पूर्वाधार बनाइने छ । बोधगया, राजगीर, वैशाली र दरभंगा सडक सम्पर्क परियोजना पनि बनाइने भएको छ ।

बक्सरमा गंगा नदीमाथि दुई लेनको एक अर्को पुल बनाइने भएको छ । बिहारमा नयाँ एयरपोर्ट, मेडिकल कलेज र खेलकुद संरचना निर्माणमा विशेष लगानी गरिने भएको छ । बिहार सरकारलाई बहुपक्षीय विकास बैंकबाट बाह्य सहायताका लागि तीव्र रुपमा काम गरिने भएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : २१ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका