ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न डेलिगेट्सको समर्थन « Khabarhub

ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न डेलिगेट्सको समर्थन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कमला ह्यारिसले डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन जुटाएकी छिन् ।

एक विज्ञप्ति जारी गर्दै ह्यारिसले आफूलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त भएको घोषणा गरेकी हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपतिको उम्मेदवारबाट पछि हट्दै ह्यारिसको नामलाई राष्ट्रपतिको उम्मेदवारका लागि अगाडि सारेका थिए ।

ह्यारिसले भनेकी छिन्– ‘हाम्रो पार्टीको उम्मेदवार बन्नका लागि आवश्यक समर्थन पाएकोमा मलाई गर्व छ । आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हो ।’

अब ह्यारिसको उम्मेदवारीलाई डेमोक्रेटिक पार्टीको आगामी अगस्ट १९ देखि हुने नेशनल कन्भेन्सनले अनुमोदन गरेपछि उनी पार्टीको आधिकारिक उम्मेदवार बन्ने छिन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : २८ बजे

सरकारलाई जेन-जी घाइतेकी आमाको प्रश्न- मेरो छोराको अप्रेशन कहिले हुन्छ ?

काठमाडौं–  जेन-जी आन्दोलनका घाइते अनिश सापकोटा अहिले उपचारका क्रममा छन् । 

सरकारविरुद्ध नाराबाजीपछि पक्राउ परे जेन-जी आन्दोलनका घाइते

काठमाडौं- नयाँ बानेश्वरस्थित पुरानो संसद भवनमा आयोजित एक कार्यक्रममा सरकारको विरोध

नक्कली मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु, सयभन्दा बढी उपचाररत   

भोपाल- भारतको मध्य प्रदेशस्थित सागर जिल्लाको बाँदा क्षेत्रमा नक्कली मदिरा सेवनबाट

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

बझाङ– बझाङमा मेलाको संरक्षण गर्ने अभिप्रायले भलिबल प्रतियोगिता अनिवार्य गरिएको

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ