गृहमन्त्री लेखकबाट अध्यागमन विभागको निरीक्षण « Khabarhub

गृहमन्त्री लेखकबाट अध्यागमन विभागको निरीक्षण


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गृहमन्त्री रमेश लेखकले अध्यागमन मुलुकको अनुहार भएको बताएका छन् ।

मङ्गलबार बिहान काठमाडौँस्थित अध्यागमन विभागको निरीक्षण गर्दै उनले मुलुकभित्र प्रवेश गर्ने प्रत्येक मानिसले सबैभन्दा पहिला नेपालीका रूपमा भेट्ने अध्यागमन कर्मचारीलाई भएको उल्लेख गरे ।

‘तपाईँहरूलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट प्राप्त हुन्छ’ उनले भने, ‘त्यो भाव र भावनाका साथ काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिसहरुलाई पनि बिदाई गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको उल्लेख गर्दै उनले अलि  ‘स्मार्ट’ र ‘स्माइलिङ’ हुनुपर्ने बताए । उनले गतल ढङ्गले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गर्न सुझाव दिए ।

पछिल्लो समय मानव बेचबिखनका घटनाहरू बढिरहेको सुन्नमा आएको बताउँदै त्यसतर्फ कर्मचारीलाई सचेततापूर्वक खटिन गृहमन्त्री लेखकले निर्देशन दिए । ‘मानव बेचबिखन पूर्ण रुपमा रोकिनुपर्छ,’ उनले भने, ‘अवाञ्छनीय गतिविधि स्वीकार्य छैन ।’

गृहमन्त्री लेखकले अध्यागमन सम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न आग्रह समेत गरे । राम्रो कानुन बनाएर कानुन बमोजिम काम गर्दा मुलुकमा सुशासन कायम हुने उनको विश्वास छ  ।

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखिएको गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्करमुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रियाअघि बढाउन निर्देशन दिए ।

त्यसैगरी कोरोनापछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरुलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकको भनाइ थियो ।

सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको योजना अघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औँल्याए ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  १२ : ४५ बजे

एमाले सांसद रेखा शर्मा रिहा

काठमाडौं – लुम्बिनी प्रदेश सभाकी एमाले सांसद रेखा शर्मा रिहा

मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : अध्यक्ष ढकाल

मोरङ – नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले

खाडीका ऊर्जा पूर्वाधारमा इरानले आक्रमण बढायो

तेहरान – संयुक्त अरब इमिरेट्स, बहराइन र कुवेतका नागरिक सुविधाहरूमा

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म