पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै | Khabarhub Khabarhub

पूर्वमन्त्री राय हत्या प्रकरण : अनुसन्धानमा खटियो सीआईबी, फरार तीन जनाको खोजी हुँदै


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री रमेश लेखकले सर्लाही निवासी पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्याबारे छानबिन अघि बढेको बताएका छन् ।

सर्लाहीको चन्द्रनगर गाउँपलिका–१ मा सोमबार राति भएको रायको हत्याबारे गृहमन्त्री लेखकले मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा जवाफ दिएका हुन् ।

उनले घटना हुनुअघि घरमा आएका तीन जना शंकास्पद व्यक्तिहरूको खोजी प्रहरीले गरिरहेको पनि खुलाएका छन् ।

राप्रपाका नेता राय सोमबार बिहान आफ्नै घरको कोठमा रगताम्य अवस्थामा मृत भेटिएका थिए ।

लेखकले उक्त घटनापछि उनको घरमा काम गर्ने सर्लाहीकै कविलासी नगरपालिकाका २१ वर्षीय रामउज्जैन रायलाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको बताए ।

‘उनलाई आवश्यक अनुसन्धान र सोधपुछका लागि नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको छ’, लेखकले भने, ‘तीनजना फरारको खोजतलास भइरहेको छ ।’

लेखका अनुसार मधेश प्रदेश प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धान गरिरहेको छ ।

८० वर्षीय रायको धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ । अनुसन्धानका लागि प्रहरीले तालिमप्राप्त कुकुर खटाएको छ । रायको हत्यामा प्रयोग हतियार प्रहरीले घटनास्थलबाट बरामद गरिसकेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ०४ बजे

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने

मोरङबाट च्यासललाई चुनौती दिएपछि थापागाउँमा उत्साहित देखिएकी विद्या

काठमाडौं – काठमाडौंको थापागाउँस्थित तीन तले घरको प्राङ्गण बिहीबार दिउँसो

फिल्म ‘जारी २’को सहकार्यमा १० सहरमा कन्सर्ट गर्दै झुमा लिम्बू

काठमाडौं – असोज ३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी

उत्तरी गोरखामा भीरबाट खसेर दुई जनाको मृत्यु

गोरखा– उत्तरी गोरखाको एक दुर्गम गाउँमा भीरबाट खसेर दुई जनाको

कर्मचारीहरुलाई गाडी किन्न लामो अवधिको ऋण दिनुपर्छ : नाडा पूर्व अध्यक्ष दुलाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ कर तथा राजस्व समितिका उपसंयोजक