सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे | Khabarhub Khabarhub

सुदन किरातीको टिप्पणी- काशी जान मिलेका कांग्रेस-एमाले कुतीको बाटो लागे


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा माओ‌वादी केन्द्रका सांसद सुदन किरातीले वर्तमान सरकारले लोकतन्त्रको धज्जी उडाएको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले वर्तमान सरकारको चित्र हेर्दा संसदीय लोकतन्त्र र समावेशी सिद्धान्तको धज्जी उडाएको टिप्पणी गरेका हुन् ।

काशी जान्छु भनेर निर्माण भएको कांग्रेस–एमाले गठबन्धन सरकार कुतीको बाटोमा लागेको भन्दै किरातीले कटाक्ष पनि गरेका छन् ।

पूर्वपर्यटनमन्त्री किरातीले लोकतन्त्रमा संख्या मात्रै सबै कुरा नहुने दाबी गरे ।

प्रमुख प्रतिपक्षीलाई सानो हेप्न खोजिएको पनि उनले गुनासो गरे। लोकतन्त्रमा संख्या भन्दा मुद्दाले स्थान पाउनुपर्ने उनले बताए । ‘सांसदहरूको संख्याले सबै कुरा हुने भए किन महाकाली सन्धिमा राष्ट्रघात भयो ?’, उनले प्रश्न गरे ।

‘काशी जान्छु भनेर बनेको सरकार कुतीको बाटो लागेको छ । यो देश तीन करोड नेपालीको हो । हाम्रो पनि हो । प्रतिपक्षी सानो छ भनेर ठूलो स्वरले हेप्न थालिएको छ’, उनले भने, ‘लोकतन्त्रमा आकारले होइन, मुद्दाले स्थान पाउँछ । आकारले नै सबै हुने भए महाकाली सन्धिमा राष्ट्रघात किन राष्ट्रघात भयो ?’

नेता किरातीले निवर्तमान सरकारको पालामा छानबिनमा तानिएकालाई वर्तमान सरकारले मन्त्री बनाएर उपहार दिएको टिप्पणी गरे ।

‘वर्तमान सरकार सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षालगायतविरुद्ध रहेको कुरा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रष्ट भइसकेको छ’, उनले भने ।

उनले हिजो भ्रष्टाचारमा तानिएकाहरू आज मन्त्री भएको भन्दै एमाले र कांग्रेसको कटाक्ष गरे ।

‘सरकार बदलिएसँगै धेरै कुरा बदलिएको छ । हिजो छानबिन उठ्दा केही मान्छे सीमा नाघ्यो भन्थे, देश छोड भन्थे । पुरस्कारस्वरुप आज उनीहरू ठूला मन्त्री भएका छन् ’, किरातीले भने, ‘सुशासनको मुद्दा, राष्ट्रिय आवश्यकता र जनताको आकांक्षा प्रधानमन्त्रीज्यूको हिजोको भाषणबाटै थाहा भयो । यहाँहरूले जनतालाई मुर्ख बनाउनु भएको छ । संविधान संशोधनको जामा लगाउनु भएको छ ।’

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : १७ बजे

मानुङकोटलाई पर्यटकीयग्राम बनाउन पहल

तनहुँ – यहाँको व्यास नगरपालिकाले वडा नं ५ स्थित पर्यटकीयग्राम

विपिनको परिवारलाई सुदूरपश्चिम सरकारको दुई लाख सहयोग

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले हमासको आक्रमणमा परी ज्यान गुमाएका

सुनकोशीमा डुबेर सात वर्षीया बालिका बेपत्ता

उदयपुर (गाईघाट)- उदयपुरको त्रियुगा नगरपालिका–१४ स्थित ढुङ्ग्रेका सात वर्षीया बालिका

पाकिस्तान र अफगानिस्तानबीच भएको युद्धविरामको चीनद्वारा स्वागत

बेइजिङ – चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले पाकिस्तान र

शान्ति र स्थिरताको कामना गर्दै ‘ध्योक्योप’ देव नृत्य प्रदर्शन

मुस्ताङ- विश्व शान्ति र स्थिरताको कामना गर्दै मुस्ताङको घरपझोङ गाउँपालिका–५