प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता | Khabarhub Khabarhub

प्रभु बैंक र टिस्टुङ्ग रिसोर्टबीच सम्झौता


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं प्रभु बैँकका कर्मचारीहरू तथा ग्राहकलाई टिस्टुङ्ग रिसोर्टको विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ । 

आज एक समारोहबीच सम्पन्न सम्झौतामा टिस्टुङ्ग रिसोर्टका सञ्चालक गोविन्द महर्जन, सन्त महर्जन र प्रभु  बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दिपेन्द्र बाबु विष्ट र मार्केटिङ म्यानेजर सविनशम्शेर राणाले हस्ताक्षर गरेका हुन् । 

सम्झौताअनुसार प्रभु  बैंकका कर्मचारी तथा ग्राहकहरूले बैँकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा उक्त रिसोर्टमा उपलब्ध सेवामा विशेष छुट प्राप्त गर्न सक्ने बैँकले जनाएको छ ।

उक्त रिसोर्ट मकवानपुरको उत्तरी भेगमा अवस्थित रहेको छ भने काठमाडौं उपत्यकाबाट दक्षिण पश्चिमको भागसँग जोडिएको एक शान्त, सुन्दर र रमणीय ठाउँमा अवस्थित छ । विभिन्न जातजातीहरुको बसोवास रहेको यो स्थान समुद्री सतहबाट १७०३ मी. उचाइमा रहेको छ । 

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंक नेपालभर ३०७ शाखा कार्यालयहरू, २८३ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा दिँदै आएको छ । 

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ४ : ४४ बजे

बहिनी यो तिहारमा म घर आउँदिन

माइतीभन्दा थोरैमात्रै टाढा रहेको आफ्नै घरमा बहिनी, दाजु कहिले घर

प्रधानमन्त्रीबाट शंखधर साख्वाको प्रतिमामा माल्यार्पण

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति

एट्लेटिको माड्रिडको पोस्टमा आर्सनलको चार गोल

काठमाडौं – आर्सनलले एट्लेटिको माड्रिडमाथि सहज जित निकालेको छ। आर्सनलले

च्याम्पियन्स लिग : एर्लिङ चम्किँदा म्यानचेस्टरको सानदार जित

काठमाडौं – एर्लिङ हालान्ड चम्किँदा गएराति म्यानचेस्टर सिटीले भिल्लारियलविरुद्ध सानदार

आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ

काठमाडौं – नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना