कोशीका पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले गुहारे प्रशासन | Khabarhub Khabarhub

कोशीका पूर्वमुख्यमन्त्रीले धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले गुहारे प्रशासन


८ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


11.9k
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले त्यहाँस्थित सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईलाई कुटपिट गरी शौचालय थुन्ने धम्की दिएका छन् ।

कार्कीले सोमबार अपरान्ह आफूलाई फोन गरेर कुटपिट गरी शौचालयमा थुन्ने धम्की दिएको सचिव भट्टराईले विज्ञप्ति निकालेरै जनाएका छन् ।

कुटपिटको धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको मागसहित निवेदन दिएका छन् ।

पूर्वमुख्यमन्त्री कार्कीले विराट गोल्डकपका लागि आफूद्वारा घोषित २५ लाख रुपैयाँ मन्त्रालयले भुक्तानी नगरे भन्दै रिसाएका थिए । त्यही रिसमा उनले भट्टराई कुटपिटको धम्की दिएको बताइएको छ ।

‘कुटपिट गरेर शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेँ, मलाई सोमबार अपरान्ह ४:५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु’ सचिव भट्टराईले भनेका छन्, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन । त्यसको रिस उहाँले मलाई पोख्नु भएको होला । अर्थ मन्त्रालयमा रोकिने कुरा हामीबाट सम्भव हुँदैन ।’

विराट गोल्डकपको रकम भुक्तानीको माग आएपछि अर्थ मन्त्रालयमा पैसा मागिएको बताए । तर अर्थले पुरानो भुक्तानी दिन सहमति नदिएको उनको दाबी छ ।

पूर्वमुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै उजुरी आएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । प्रशासनले पनि कार्कीलाई सोधेको थियो । उनले पनि कुट्ने धम्की दिएको स्वीकारेको प्रशासन स्रोतको भनाइ छ ।

विराट गोल्ड कप ट्रष्टका पदाधिकारीले प्रतियोगिता भइट्ठके पनि रकम नआएको भन्दै पूर्व मुख्यमन्त्री कार्कीलाई गुनासो गरेका थिए । त्यसपछि कवि भैरोदान सुरानालाई श्रद्धाञ्जली दिन पुगेका कार्कीले सचिव भट्टराईलाई फोन गरेर भुक्तानी विवादमा कुटपिट गरी शौचालयमा थुन्ने धम्की दिएका थिए ।

कार्कीले मुख्यमन्त्री हुँदा आफैंले आर्थिक मामिला तथा योजना मन्त्रालय लिएका थिए । आफू मन्त्री हुँदा भुक्तानी नगराएका उनले बाहिरिएपछि सचिवसँग विवाद गरेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलबार  ५ : ५४ बजे

चाडपर्वको मुखमै सुन कारोबारमा मन्दी

काठमाडौं– दशैं, तिहार र छठजस्ता चाडपर्व नजिकिँदै गर्दा सुनको कारोबारमा

च्याम्पियन्स लिग: म्यानचेस्टर र इन्टरको बराबरी, पिएसजी र सेल्टिकको विजयी सुरुवात

लण्डन – स्कटल्यान्डको सेल्टिकले युरोपेली च्याम्पियन्स लिगमा शानदार सुरुवात गरेको

केही भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना  

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज संविधान तथा राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– संविधान तथा राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासका

ओमानसँग नेपाल एक विकेटले हारेको खेलमा प्लेयर अफ द म्याच बने गुल्सन झा

काठमाडौं – आईसीसी विश्वकप लिग-२ प्रतियोगितामा नेपाल ओमनसँग एक विकेटले