प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै « Khabarhub

प्रहरी भन्छ- सौर्यको जहाज दुर्घटनामा १५ को मृत्यु, चारजनाको उपचार हुँदै


९ श्रावण २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


20k
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं- नेपाल प्रहरीले बुधबार बिहान त्रिभुवन विमानस्थलमा  भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १५ जनाको मृत्यु भएको जनाएको छ ।

पछिल्लो अपडेट अनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मर्मतको लागि पोखरा जाने क्रममा रहेको सौर्य एयरलाइन्सको जहाजमा उसकै कर्मचारीहरू थिए । जसमा १५ जनाको मृत्यु भएको छ भने चारजनाको उद्धार गरिएको प्रहरीको भनाइ छ ।

उद्धार गरिएकाध्ये ३ जनाको त्रिवि शिक्षण अस्पतालमा र १ जना पाइलट मनिषरत्न शाक्यको काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

शवहरू परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : ९ श्रावण २०८१, बुधबार  १२ : ५२ बजे

क्यासिनोमा जुवा खेलाउने ११ जना पक्राउ, १० लाख बरामद

काठमाडौँ – काठमाडौँको बुढानिलकण्ठस्थित गरुड क्यासिनोभित्र गैरकानुनी रूपमा नेपाली नागरिकलाई

बालेनसँगको छलफल लगत्तै पक्राउ परेका गाउँपालिका अध्यक्षविरुद्ध ९ मुद्दामा ९ करोड ५६ लाख बिगो

काठमाडौँ – उपत्यकाका विभिन्न प्रहरी कार्यालयमा कुल ९ करोड ५६

प्रधानमन्त्री राहत कोषमा १४ अर्ब दुई करोड ७३ लाख जम्मा, पीडितलाई एक अर्ब निकासा

काठमाडौँ – प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब २

बलात्कारपछि हत्या: हामीलाई मृत्युदण्ड चाहिएको हो कि न्याय ?

आज हामी कुनै बालिका वा महिलामाथि बलात्कार गरी हत्या भएको

भोटेकोशी बाढीः अझै सुदूरपश्चिमका १४३ सम्पर्कविहीन, ७१ जना सम्पर्कमा आए

सुदूरपश्चिम – भोटेकोशी बाढीका कारण हराएकामध्ये ७१ जना सम्पर्कमा आएका