बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना | Khabarhub Khabarhub

बागमतीसहित पाँच प्रदेशमा ठूलो वर्षाको सम्भावना


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


333
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ ।

महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । बागमती, कोशी, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

यस्तै, कोशी, बागमती, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बागमती र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अधिक वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरोको जोखिमबाट बच्न अनुरोध गरेको छ ।

आज सूर्योदय बिहान ५ बजेर २३ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ५७ मिनेटमा हुनेछ ।

 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ६ : १९ बजे

युवा संघमा सुमन पुरीको चुनौतीले केपी ओलीको निर्देशन अलपत्र पर्ने डर

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको एक

झन्डै ४८ लाखको अवैध सामानसहित ट्रक बरामद

सर्लाही– सर्लाहीस्थित प्रहरी गस्ती टोलीले झन्डै ४८ लाख रुपैयाँको विभिन्न

साँगामा सडक विस्तारका क्रममा पहिरो खस्दा एक मजदुर घाइते

भक्तपुर– अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक-साँगा खण्डमा सुक्खा पहिलो खस्दा आज एकजना

संशोधनमा रहेको धितोपत्र ऐनमा प्रोडक थपको माग्दै ब्रोकर एशोसिएसन अर्थ समितिमा 

काठमाडौं– स्टक ब्रोकर एशोसिएसन अफ नेपालका पदाधिकारीहरू अर्थ समितिमा गएर

पाँच दशकपछि ‘परिवर्तन’ कै नाममा अर्को फिल्म बन्ने, शीर्ष भूमिकामा अञ्जना र सुशील फाइनल

काठमाडौं – निर्देशक विजय केरुङले नयाँँ फिल्म ‘परिवर्तन’ निर्माणको घोषणा