बंगलादेशमा निषेधाज्ञा आदेशलाई खुकुलो पारियो « Khabarhub

बंगलादेशमा निषेधाज्ञा आदेशलाई खुकुलो पारियो


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

ढाकाबंगलादेशमा बिहीबार राष्ट्रव्यापी  निशेधाज्ञा (कर्फ्यु) आदेशलाई थप खुकुलो पारिएको छ । गत हप्ता घातक अशान्ति निम्त्याएको विरोध कार्यक्रममा क्रमिक सुस्तता आएसँगै निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको हो । 

विद्यार्थी संगठनहरूले सरकारी जागिरमा आरक्षण नियमहरूको विरोधमा गरेको आन्दोलनपछि आएको अदालतको फैसलापछि आन्दोलनमा खासै ठूला झडपका घटना भएका छैनन् । 

प्रधानमन्त्री शेख हसिनाको कार्यकालको सबैभन्दा खराब अशान्तिका रूपमा हेरिएको यो आन्दोलनमा गत हप्ता १९१ जनाको मृत्यु भएको प्रहरी र अस्पतालबाट एएफपीले पाएको तथ्यांकमा उल्लेख छ । 

हजारौं सैनिकहरू अझै पनि देशका विभिन्न शहरहरूमा गस्ती गरिरहेका छन् र अझै पनि राष्ट्रव्यापी इन्टरनेट अवरोध धेरै हदसम्म प्रभावमा छ । प्रदर्शनकारी नेताहरूले नयाँ प्रदर्शन अस्थायी रूपमा रोक्ने घोषणा गरेपछि झडपहरू कम भएका हुन् । 

हसीनाको सरकारले अशान्तिको चरमोत्कर्षमा रहेको कर्फ्युलाई फेरि खुकुलो बनाउने आदेश दिएको छ । सरकारको यो निर्णयले बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म सात घण्टा स्वतन्त्र आवागमन गर्न अनुमति दिएको छ ।

दुई करोड जनसङ्ख्या रहेको राजधानी ढाकामा प्रहरी र प्रदर्शनकारीबीच भएको भीषण झडपको केही दिनपछि बिहीबार बिहान यात्रुको भीडले सडक भरिएको देखिन्थ्यो । 

गत हप्ता बन्द भएका बैंक, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू बुधबारदेखि नै खुलेका थिए ।

शुक्रबार समाप्त हुन लागेको आन्दोलनलाई फेरि लम्ब्याउने वा नबढाउने भन्ने बारे निर्णय गर्ने तयारीका लागि विद्यार्थी नेताहरूको बैठक बिहीबार बस्ने बताइएको छ ।  यस महिनाको र्‍याली आयोजना गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’ले सरकारबाट धेरै छुटको अपेक्षा गरेको बताएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  १ : ५७ बजे

९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

तस्बिरमा हेर्नुहोस्, लुम्बिनी र विराटनगरको प्रतिस्पर्धा

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स र

पाकिस्तानका पूर्व गुप्तचर प्रमुखलाई १४ वर्षको जेल सजाय

इस्लामाबाद– पकिस्तानको सैन्य अदालतले पाकिस्तानको शक्तिशाली ‘इन्टर–सर्भिस इन्टेलिजेन्स जासुसी” एजेन्सीका

सोलुमा हिउँले ढाकेका भाग घट्दै

सोलुखुम्बु– दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स