पेटको अप्रेसन गर्दा घाँटीमा अड्कियो दाँत, ८ दिनपछि मात्र फेला ! | Khabarhub Khabarhub

पेटको अप्रेसन गर्दा घाँटीमा अड्कियो दाँत, ८ दिनपछि मात्र फेला !


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बेलायतमा एक वृद्ध व्यक्तिको नक्कली दाँत नियमित शल्यक्रियाका क्रममा घाँटीमा अड्किएको र आठ दिनसम्म फेला नपरेको तथ्य बाहिर आएको छ ।

ती ७२ वर्षीय वृद्ध निल्न समस्या भएपछि अस्पताल पुगेका थिए । चिकित्सकहरूले उनको नक्कली दाँत फेला पर्नुअघि उनको खकारमा रगत देखिने गरेको थियो।

उनी पटकपटक अस्पताल धाउनुपरेको थियो । त्यसबाहेक पेटको शल्यक्रियाका कारण उत्पन्न जटिलतालाई सच्याउन उनको थप शल्यक्रिया गर्नुपरेको थियो र शरीरमा रगत दिनु परेको थियो।

ब्रिटेनको नरफोकस्थित जेम्स पेगेट युनिभर्सिटी अस्पतालले उसले प्रक्रियाहरूमा परिमार्जन गरेर उपचार गरेको जनाएको छ। यो घटना बारेका विवरण ब्रिटिश मेडिकल जर्नलको केस रिपोर्टमा उल्लेख गरिएको थियो जसमा लेखकहरूले बेहोस नबनाई नक्कली दाँत निकाल्न सुझाव दिएका थिए ।

सन् २०१८ मा पेटमा रहेको हानि नगर्ने गाँठो हटाउन शल्यक्रिया गरेका ती व्यक्ति छ दिनपछि पुनः अस्पताल पुगेका थिए र उनले चिकित्सकहरूलाई आफूले ठोस खानेकुरा खान नसकेको बताएका थिए ।

गोर्लस्टन अस्पतालका चिकित्सकहरूले शल्यक्रियाका क्रममा घाँटीमा राखेको ट्युबको नकारात्मक प्रभावले श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण निम्त्याएको ठान्दै उनलाई एन्टीबायोटिक र अन्य औषधि दिएका थिए।

दुई दिनपछि ती व्यक्ति पुन: समस्या लिएर आएपछि चिकित्सकहरूले उनको घाँटीको जाँच गरेका थिए र त्यहाँ एउटा अर्धगोलाकार आकारको वस्तु अड्किएको फेला पारेका थिए।

त्यसपछि उनले चिकित्सकहरूलाई शल्यक्रियाका लागि अस्पतालमा समय बिताउँदा आफ्नो तीनवटा नक्कली दाँत हराएको बताएका थिए।

नक्कली दाँत हटाउन गरिएको शल्यक्रियापछि उनी घर फर्किएका थिए, तर रगत नथामिएपछि उनले चार पटक अस्पताल धाउनुपरेको थियो।

शल्यचिकित्सकहरूले उनको घाँटीको घाउ ठिक पार्दासम्म उनले ठूलो परिमाणमा रगत गुमाइसकेका थिए त्यही भएर उनलाई रगत दिनुपरेको थियो।

उक्त प्रतिवेदनका लेखकहरूले शल्यक्रियाका लागि बिरामीलाई बेहोस बनाउने क्रममा मानिसहरूले नक्कली दाँत निलेका अरू पनि प्रमाणित घटना भएका जनाएका छन्।

उनीहरूले नक्कली दाँत वा त्यससँग सम्बन्धित अन्य वस्तुबारे शल्यक्रिया अघि र पछि अभिलेख राखिनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : १४ बजे

नेप्से परिसूचकमा दोहोरो अंकको सुधार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

तुर्कमेनिस्तान पुगे प्रधानमन्त्री ओली

तुर्कमेनिस्तान– प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो

जरायोको सिङसहित दुई जना पक्राउ

मोरङ– पथरीशनिश्चरे नगरपालिका-२ सरस्वती टोलबाट जरायोको सिङ ३ जोर (६ वटा) सहित

जिरीका आलु सस्ता, किसान मर्कामा

दोलखा– आलुखेतीको उर्वरभुमीको रूपमा रहेको जिरी नगर क्षेत्रका स्थानीय किसानले

सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन स्वीकृत

 काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले सार्वजनिक लेखा समितिको २३ औँ प्रतिवेदन