प्रहरी हिरासतबाट भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त भारतबाट पक्राउ | Khabarhub Khabarhub

प्रहरी हिरासतबाट भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त भारतबाट पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– एक युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतबाट फरार भएका युवक भारतबाट पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको अर्नामा गाउँपालिका–९ घर भइ जनकपुरधाम उपमहानगरपालिका–२० मा डेरा गरी बस्ने २० वर्षीय राममणि यादव छन् ।

एक युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा गत साउन २७ गते पक्राउ परेका यादवमाथि अनुसन्धान गर्न अदालतले ५ दिन म्याद दिएको थियो । अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट मुद्दा शाखामा ल्याइएका राममणि साउन ३० गते फरार भएका थिए ।

प्रहरीले उनको खोजी गर्ने क्रममा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राममणिलाई भारतीय राज्य बिहारको मधुवन जिल्लासँग सीमा जोडिएको सिराहको माडर भन्ने स्थानबाट नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ३१ बजे

दशैँ आउन २६ दिन बाँकी : असोज ६ गते घटस्थापना

काठमाडौं – यो वर्ष २०८२ सालका चाडपर्व सुरु भएका छन्।

आज विश्व ताल दिवस

काठमाडौं– पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका

राज्य व्यवस्थासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न तीनवटा संसदीय समितिका बैठक

यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

ऊर्जा प्रविधिमा चीन विश्वको अग्रस्थानमा

बेइचिङ – चीनले नयाँ ऊर्जा प्रविधि तथा उपकरणको क्षेत्रमा उल्लेखनीय