नागढुङगा-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुगमन « Khabarhub

नागढुङगा-सिस्नेखोला सुरुङमार्गको संसदीय समितिद्वारा स्थलगत अनुगमन


१० श्रावण २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मुलुककै पहिलो आधुनिक सुरुङमार्ग ‘नागढुंगा–सिस्नेखोला’ को भौतिक निर्माणबारेमा संघीय संसद्को भौतिक पूर्वाधार विकास समितिले आज स्थलगत अनुगमन गरेको छ । 

सडक पूर्वाधारका रूपमा पहिलो पटक निर्माणको बारेमा प्रत्यक्ष जानकारी लिने लक्ष्यका साथ समितिले स्थलगत अनुगमन गरी जानकारी लिएको हो । नागढुंगा नौबिसे सुरुङमार्ग आगामी एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ निर्माण भइरहेको छ । हाल सो सुरुङमार्गको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ । 

स्थलगत अनुगमनमा संलग्न सांसद माधव सापकोटाका अनुसार हालसम्मको निर्माण कार्य सन्तोषजनक छ । निर्माणको अन्तिम चरणमा पुगेको भए पनि स्थानीयवासीको समस्या समाधान गर्नुपर्ने आवश्यकता देखिएको छ । 

मुआब्जा वितरण, चर्किएको जमिन एवं खानेपानीको समस्या समाधान गर्नुपर्नेमा स्थानीयवासीले संसदीय समिति समक्ष माग राखेका थिए । आयोजनामा पर्ने जग्गाको केही कित्ताको मुआब्जा विवाद, घर चर्किएको समस्या, रोड सर्भिस सेन्टर (आरएसएस) निर्माणलगायत केही चुनौती बाँकी छन् ।

हालसम्मको निर्माण गुणस्तरीय रहेको जानकारी दिँदै सांसद सापकोटाले सुरुङ सञ्चालन पूर्वको तयारीमा केही ध्यान दिनुपर्ने आवश्यकता देखिएको बताए। सुरुङ सञ्चालनका लागि झण्डै एक सय जना कर्मचारी आवश्यक पर्ने देखिन्छ । त्यस्तै अविच्छिन्न विद्युत् उपलब्ध गराउनुपर्नेछ । त्यसका लागि आवश्यक संरचना निर्माण गर्नुपर्नेछ । 

गत वैशाख ३ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उक्त सुरुङमार्ग ब्रेकथू गरेका थिए । सुरुङमार्गको दूरी दुई हजार छ सय ८८ मिटर रहेको छ ।

संसदीय समितिले नागढुङ्गादेखि गल्छीसम्म निर्माणाधीन पुथ्वीराजमार्गको स्थलगत अनुमगन गर्ने सांसद सापकोटाले जानकारी दिनुभयो । 

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार  ६ : ४४ बजे

विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजन

प्रभास–त्रिप्ती जोडीको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक सार्वजनिक

काठमाडौं– बलिउड निर्देशक संदीप रेड्डी वाङ्गा र अभिनेता प्रभासको पहिलो

जेन-जी आन्दोलनका सहिद : ज्याला–मजदुरीदेखि देशका लागि बलिदान

त्रिशूली– नुवाकोटको पञ्चकन्या गाउँपालिका–२, कविलास निवासी ९० वर्षीया मानकुमारी राईको

कांग्रेस कार्यसम्पादन समिति बैठक : सानेपामा भेला हुँदै नेताहरू

काठमाडौं– नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठक आज सानेपामा बस्दै छ

काभ्रेमा तीन लाख २६ हजार मतदाता, चार सय मतदान केन्द्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा तीन लाख २६ हजार ६११ मतदाता कायम भएका छन्