सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ « Khabarhub

सिसी टिभी फुटेजको सहयोगमा मोटरसाइकल चोरीमा सङ्लग्न पक्राउ


१० श्रावण २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको नयाँबानेश्वरबाट मोटरसाइकल चोरीमा सङ्लग्न दुई जनालाई आज ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाराको कोहल्वी नगरपालिका–२ ककडी घर भइ हाल काठमाडौँको कीर्तिपुर बस्ने २३ वर्षीय सुवास चौधरी र कोहल्वी नगरपालिका–५ घर भइ हाल ललितपुरको थसिखेल बस्दै आएका २४ वर्षीय यमनारायण चौधरीलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वेराज खड्काले जानकारी दिए ।

गत मङ्गलबार काठमाडौँको सिभिल अस्पतालमा पार्किङ गरिराखेको बागमती प्रदेश ०२–०४३ प ०९ ९५ नम्बरको मोटरसाइकल चोरी भएको थियो ।

उक्त मोटरसाइकल चोरी भएको भन्दै भक्तपुरका मनिषबहादुर कार्कीले दिएको निवेदनका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

सिसिटिभी फुटेजका आधारमा नियन्त्रणमा आएका चौधरीद्वयले चोरी गर्ने समयमा प्रयोग गरेको लु२२प ८५२० नम्बरको मोटरसाइकलसहित उनीहरु पक्राउ परेका खड्काले बताउनुभयो । उनीहरुको साथबाट मोटरसाइकल चोरी कार्यमा प्रयोग हुने विभिन्न औजारसमेत बरामद भएको छ ।

चोरी गरेको बागमती प्रदेश ०२–०४३ प ०९९५ नम्बरको मोटरसाइकलका सन्दर्भमा प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । उनीहरुलाई थप कानुनी कारबाहीका लागि आजै प्रहरी वृत्त नयाँबानेश्वरमा बुझाइएको छ ।

कार्यालयले आफ्नो सवारीसाधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस लकलगायत सुरक्षा साइरनहरू जडान गर्न र मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न अनुरोध गरेको छ । हराएका सवारीसाधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयं सजग हुनुपर्ने खड्काले बताए ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिने जनाइएको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहिबार  १० : ५४ बजे

पत्रकार उपाध्यायको परिवारलाई आर्थिक सहयोग

दमौली – दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार

बाल्यकालको दसैँ स्मृति : लेकको आलु, नयाँ लुगा र बाबियोको डोरी

काठमाडाैँ – दसैँ भन्नेबित्तिकै जो कसैको मानसपटलमा बाल्यकालका मीठा स्मृति

रास्वपा सभापति रवि लामिछानेको दसैँ शुभकामना- निराशाबाट आशातर्फ लम्किन आह्वान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस वर्षको बडादसैँ

‘पिताजीको स्मरण गरेर चित्त बुझाउने भइयो’: पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने