पेरिस ओलम्पिकको उद्‌घाटन आज « Khabarhub

पेरिस ओलम्पिकको उद्‌घाटन आज


११ श्रावण २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं ग्रीष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणको औपचारिक उद्‌घाटन आज हुँदै छ । 

स्थानीय समयअनुसार साँझ साढे सात बजे अर्थात् नेपाली समयअनुसार राति ११ बजेपछि उद्‌घाटन समारोहमा हुँदै छ ।

पेरिस ओलम्पिकमा फुटबल, रग्बीलगायतका खेल सुरु भइसकेका छन् । औपचारिक उद्‌घाटन भने आज हुन लागेको हो । ओलम्पिकको इतिहासमै पहिलो पटक उद्‌घाटन समारोह रंगशालाबाहिर खुला स्थानमा गरिंदै छ । 

यस ओलम्पिकमा रिफ्युजी ओलम्पिक टिमसहित २०६ देशले भाग लिइरहेका छन् ।  ३२ खेलका ३२९ इभेन्टमा २०६ देशका १० हजार ७१४ खेलाडीले यस ओलम्पिकमा भाग लिइरहेका छन् । 

यस ओलम्पिकमा विजेतालाई दिइने गोल्ड मेडल ४५५ देखि ५२९ ग्रामको रहेको बताइएको छ ।  गोल्ड मेडलमा ९८.५ प्रतिशत चाँदी र १.१३ प्रतिशत सुन मिलाएर बनाइएको छ । 

त्यस्तै यस ओलम्पिकमा विश्वभरबाट ४५ हजार स्वयंसेवकलाई भर्ना गरिएको छ । पेरिस ओलम्पिक ११ अगस्टमा सकिने छ । 

यो पटकको ओलम्पिकमा नेपालबाट ६ खेलका सात खेलाडीले प्रतिनिधित्व गर्नेछन् । मार्चपासमा टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले नेपालको झन्डा बोक्नेछन् ।

प्रकाशित मिति : ११ श्रावण २०८१, शुक्रबार  ११ : ०८ बजे

बहाव उच्च भएसँगै बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक– सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि

कङ्गोमा इबोलाबाट १०० जनाको मृत्यु

बुनिया (कङ्गो)- पूर्वी कङ्गोमा इबोला भाइरसको प्रकोप घोषणा भएको एक

१२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक– जिल्ला प्रहरी कार्यालय काभ्रेले १२ वर्षदेखि फरारसहित तीन प्रतिवादी पक्राउ

राहुघाटको २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाँउपालिका–३ तिल्केनीचौरमा २२० केभी क्षमताको ‘स्विचयार्ड’ सञ्चालनमा

‘विद्युतीय गाडी कर छली प्रकरणमा अर्थमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– राप्रपाका प्रमुख सचेतक खुस्बु ओलीले विद्युतीय गाडी आयातमा कर