सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी | Khabarhub Khabarhub

सूर्यकुमारको कप्तानी : पहिलो खेलमा श्रीलंकामाथि भारत ४३ रनले विजयी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – श्रीलंकाविरुद्धको टी-२० सिरिजमा भारतले विजयी सुरुवात गरेको छ। सूर्यकुमार यादवको कप्तानीमा श्रीलंका भ्रमणमा पुगेको भारतले पहिलो खेलमा ४३ रनको जित निकालेको हो।

शनिबार राति श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर श्रीलंकाले सुरुमा फिल्ड रोज्दै भारतलाई ब्याटिङको निम्तो दिएको थियो।

सुरुमा ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा ११३ रन बनायो। उसका लागि कप्तान सूर्यकुमार यादवले सर्वाधिक ५८ रन बनाए। ऋषभ पन्त अर्धशतक बनाउन १ रनले चुके। ३३ बल खेलेका पन्त ४९ रनमा आउट भएका हुन्।

भारतका ओपनर यशस्वी जैसवालले ४० रन बनाउन शुभमन गिलले ३४ रन जोडे। भारतले पुरै २० ओभर खेल्दै ७ विकेटको क्षतिमा श्रीलंकालाई २१४ रनको चुनौती दिएको हो।

भारतविरुद्ध कसिलो बलिङ गरेका श्रीलंकाका माथीशा पाथिरानाले चार विकेट हात पारे। चार ओभर बलिङ गर्दा उनले ४० रन खर्चिए। वानिन्दु हसरंगा, असिथा फर्नान्डो र दिलशान मदुशंकाले एकएक विकेट हात पारे।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंकाको लागि पथुम निसानकाले शानदार अर्धशतक बनाए। ४८ बलको सामना गरेका उनले सात चौका र चार छक्काको सहयोगमा ७९ रन प्रहार गरे। कुसल मेन्डिसले ४५ बनाउँदा कुसल परेरा २० र कामिन्दु मेन्डिस १२ रनमा आउट भए। उसका लागि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। सुरुमा आक्रामक ब्याटिङ गरेको श्रीलंकाको पछिल्लोक्रममा कमजोर देखिएको थियो।

श्रीलंकालाई सस्तैमा समेट्न भारतका लागि रियान परागले तीन विकेट लिँदा अक्षर पट्टेल र आर्शदीप सिंहले समान दुईदुई विकेट हात पारे। भारतका बलरसामू श्रीलंकाको मध्यक्रम टिक्न नक्दा १९.२ ओभरमा सबै विकेट गुमाउँदै श्रीलंका १७० रनमा समेटिएको हो। सिरिज अन्तर्गतको दोस्रो खेल आइतबार साँझ ७ः१५ मा हुँदैछ।

गौतम गाम्भीर मुख्य प्रशिक्षक भएपछि भारतले उनको उपस्थितिमा सिरिज सुरु गरेको हो। भारतको क्रिकेटमा नयाँ युगको सुरुवात गर्ने घोषणा गरेका गम्भीरले सूर्यकुमारलाई कप्तान बनाएका छन्। यो सिरिजलाई प्रशिक्षक गम्भीर र कप्तान यादवको अग्नि परीक्षाको रुपमा लिइएको छ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ४१ बजे

जनकपुर पुगेर सिके राउतले भने – ‘प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभा सदस्य एवम्‌ जनमत पार्टीका अध्यक्ष डा.

नासा र स्पेसएक्सको नयाँ अन्तरिक्ष मिसन प्रक्षेपण अर्को हप्ता

एजेन्सी – नासा र स्पेसएक्सले आगामी सेप्टेम्बर २६ मा अन्तर्राष्ट्रिय

यस्ता छन्‌ यो वर्षको दशैँका साइत, अष्टमी र नवमी एकैदिन

काठमाडौं – नेपाल पञ्‍चाङ्ग निर्णायक विकास समितिले २०८१ सालको बडादशैँका

मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य

धनुषा – मधेस प्रदेश सभाको तेस्रो अधिवेशन अन्त्य गरिएको छ

बालेनलाई प्रगति विवरण बुझाएर बिदा भए सहसचिव परियार

काठमाडौं – नगर प्रमुख बालेन शाहले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय