पेरिस ओलम्पिक : पहिलो दिन अस्ट्रेलियाको अग्रता | Khabarhub Khabarhub

पेरिस ओलम्पिक : पहिलो दिन अस्ट्रेलियाको अग्रता


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

पेरिस ओलम्पिकमा शनिबारको खेल सकिँदा अस्ट्रेलियाले अग्रता लिएको छ। अस्ट्रेलियाले पहिलो स्वर्ण पदक साइक्लिङमा जितेको थियो। साइक्लिङको व्यक्तिगत टाइम ट्रायलमा अस्ट्रेलियाकी गेरस ब्राउनले स्वर्ण पदक जितिन्। सो स्पर्धामा जर्मनीकी अन्ना एन्डरसनले रजत तथा अमेरिकाकी क्ली डोगर्टले कास्य पदक जितिन्।

साइक्लिङको रोडको व्यक्तिगत टाइम ट्रायलमा बेल्जियमका रेभ्को इभेन पोयलले स्वर्ण, इटालीका फिलिपो गानाले रजत तथा बेल्जियमकै ओउट भान अलर्टले कास्य जितेका छन्।

साइक्लिङको व्यक्तिगत टाइम ट्रायलमा गेरस ब्राउन र पौडीको महिला चार सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एसियन टिटमसले स्वर्ण पदक जितेका छन् ।

पौडीको महिला चार सय मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एसियन टिटमसले स्वर्ण पदक जितिन्। सो स्पर्धामा क्यानडाकी समटर म्याककन्टसले रजत तथा अमेरिकाकी केटी लेडेकीले कास्य पदक जिते। पौडीको महिला चार सय मिटर रिलेमा अस्ट्रेलियाले स्वर्ण, अमेरिकाले रजत तथा चीनले कास्य पदक जिते। पौडीको चार सय मिटर पुरुष फ्रिस्टाइलमा जर्मनीका लुकास मार्टेन्सले स्वर्ण, अस्ट्रेलियाका एलाह वेलिङटनले रजत तथा कोरियाका किम ओ मिनले कास्य पदक जितेका छन्।

पौडीको पुरुष चार सय मिटर रिलेमा अमेरिकाले स्वर्ण, अस्ट्रेलियाले रजत चीनले कास्य पदक जिते। चीनले पहिलो दिन डाइभिङको महिला ३ मिटर सिन्क्रोफाइज्ड फाइनलमा स्वर्ण पदक जितेको हो। सो स्पर्धामा अमेरिकाले रजत तथा बेलायतले कास्य पदक जिते। सुटिङको १० मिटर एयर राइफल टिममा कोरियालाई हराउँदै चीनले स्वर्ण पदक जितेको हो। सो स्पर्धामा काजकिस्तानले कास्य पदक जितेको हो।

जुडोको ४८ केजी तौल समूहमा जापानकी सुनोडा नात्सुमीले स्वर्ण पदक जितेकी छिन्। सो स्पर्धामा मङ्गोलियाकी बखान्खु बबी डोर्जले रजत पदक जितेकी हुन्। सो स्पर्धामा फ्रान्सकी सिरीकी बाउकी र स्विडेनकी तारा बबुलफाथले पनि कास्य पदक जिते।

पुरुषको ६० किलोमा काजकिस्तानका येल्डो स्मेटाभेले रजत तथा फ्रान्सका लुका मखेड्जेले रजत पदक जिते। स्पेनका फ्रान्सिस्को गारीगोस तथा जापानका नगायामा राइजले कास्य पदक जिते।

उपाधिको दाबेदार फिजीलाई हराउँदै फ्रान्सले रग्बी सेभेन्सको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले कास्य पदक जितेको छ।

उपाधिको दाबेदार फिजीलाई हराउँदै फ्रान्सले रग्बी सेभेन्सको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले कास्य पदक जितेको छ। फेन्सिङको महिला इपेको स्वर्ण पदक कोङ मान वेइभिमानले स्वर्ण पदक जितेकी छिन्। उनले फाइनलमा फ्रान्सकी एलोन मारे बार्टोनले जितेकी हुन्। स्पर्धामा हंगेरीकी इस्टर मुहारीले कास्य पदक जितिन्।

फेन्सिङको पुरुष साब्रेमा दक्षिण कोरियाका ओ साङघुकले स्वर्ण तथा टेयुनेसियाका फारेस फर्जानीले रजत पदक जितेका छन्। स्पर्धामा इटालीका लुगी सामेलले कास्य पदक जिते।

अमेरिकाले सन् २००८ पछि पहिलो पटक फुटबलमा जित हात पारेको छ। शनिबार भएको खेलमा अमेरिकाले न्युजिल्यान्डलाई ४-१ ले हराएको हो।

भलिबलको पुरुष स्पर्धामा पनि अमेरिकाले अर्जेन्टिनालाई हराएको छ। अमेरिकाको महिला फुटबल टोलीले न्युजील्यान्डलाई ४-० ले हराएको छ।

यस ओलम्पिकमा अर्को आश्चर्यजनक घटना भने क्यानडको ड्रोन स्क्यान्डल हो। न्युजील्यान्डको अभ्यास गरेको स्थानमा जासुसी ड्रोन पठाएपछि क्यानडाको तालिकाबाट ६ अङ्क घटाउने तथा दुई लाख २६ हजार अमेरिकी डलर जरिवाना गराउने निर्णय गरेको छ। क्यानडाका प्रशिक्षक बिभर्ली प्रेस्टम्यान र लोसेप लोम्बार्डी र जस्मिन मान्डरलाई एक वर्षसम्म फुटबलको कुनै पनि गतिविधिमा सरिक हुन नपाउने गरी प्रतिबन्ध लगाएको छ।

फुटबलको शनिबार भएको अर्जेन्टिनाले इराकलाई ३-१ ले हराएको छ। अर्को खेलमा स्पेनले डोमिनेक गणतन्त्रलाई ३-१ ले नै हराएको हो। यसैगरी पाराग्वेले इजरायललाई ४-२ गोलले हराएको छ।

फुटबलको शनिबार भएको अर्जेन्टिनाले इराकलाई ३-१ ले हराएको छ। अर्को खेलमा स्पेनले डोमिनेक गणतन्त्रलाई ३-१ ले नै हराएको हो। यसैगरी पाराग्वेले इजरायललाई ४-२ गोलले हराएको छ।

आइफल टावरको छेउमा भएको बिच भलिबलमा क्युबाले अमेरिकालाई हराएको छ। क्युबाको जर्ज लुइ र नोल्सनको डियाजको जोडीले अमेरिकी जोडीलाई पाइल्स पाराइटीन र एन्डी बेनेसलाई हराएको हो।

पुरुष फुटबलकै अन्तिम समयमा गोल गर्दै युक्रेनले मोरक्कोलाई हरायो। युक्रेनको यो पहिलो जित हो।

पौडीमा केही ओलम्पिक कीर्तिमान पनि बने। अस्ट्रेलियाको महिला पौडीले टोलीले ४३ सय मिटर रिलेको स्वर्ण पदक जित्ने क्रममा ओलम्पिक खेलकुदको कीर्तिमान कायम गरेको हो। यसैगरी अमेरिकाकी ग्लेटचन वाल्सले महिला एक सय मिटर बटरफ्लाईमा पनि ओलम्पिक कीर्तिमान कायम गरेकी छिन्।

वर्षाले पेरिस ओलम्पिक खेल पनि अवरुद्ध भएका छन्। स्केटबोर्डिङका खेलहरू सोमबार मात्र सुरु हुने भएका छन्। शनिबारदेखि नै तय भएका ती खेल मौसमकै कारण स्थगित भएका हुन्। टेनिसका आउट डोर खेलहरू रोकिएका छन् भने इनडोर खेल मात्र सञ्चालन भइरहेका छन्।

¥याप गायक फ्लेर पाभ अहिले पेरिसमै छन्। उनी अमेरिकाको महिला वाटर पोलो टिमको खेल हेर्नमा व्यस्त थिए। पेरिसमै अमेरिकी टोलीसँग व्यस्त भइन्। खेलपछि वाटर पोलो टोली बाइडेनसँग रमाइरहेको दृश्यले सञ्चार माध्यम छाएको थियो।

टिम गेममा संसारमा नाम चलेका खेलाडीहरू व्यस्त छन्। फ्रान्सेली बास्केटबल स्टार भिक्टर याम्बेनयामा यस ओलम्पिकमा सहभागी छन्। गएको वर्ष एनबिएमा सबै भन्दा छाएका उनले ओलम्पिकमा पनि फ्रान्सलाई विजयी सुरुवात गराएका छन्। उनले १९ स्कोर गरेको खेलमा फ्रान्सले ब्राजिललाई ७८-६६ ले हरायो।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले दक्षिण कोरियाली अधिकारीसँग यस विषयमा माफी मागेको छ। उद्घाटन समारोहको क्रममा उद्घोषणको क्रममा दक्षिण कोरियाली टोलीलाई उत्तर कोरियाली भनेर सम्बोधन गरिएको थियो। फ्रेन्च र अङ्ग्रेजी भाषाकै उद्घोषकले उस्तै गल्ती गरेका थिए। उनले प्रजातान्त्रिक गणतन्त्र कोरिया भनेका थिए। यो नामले उत्तर कोरिया चिनिन्छ।

सर्फिङको खेल भने आयोजक पेरिस रङ्गशाला भन्दा ९ हजार ७ सय ५५ माइल पर बिचमा भइरहेको छ। यस ओलम्पिकको आयोजक फ्रान्स भएका कारण जुनसुकै स्थानमा सो प्रतियोगिता लागु हुन सक्ने मापदण्डका साथ त्यहाँ आयोजना गरिएको हो।

स्रोतः युएस टुडे, ओलम्पिक

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ०५ बजे

दार्चुला जीप दुर्घटना : घाइतेलाई सेनाको हेलिकप्टरमार्फत धनगढी लगियो

खलङ्गा – दार्चुलामा जीप दुर्घटनामा घाइते भएका तीनजनालाई उपचारका लागि

सांसद् बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेद्वारा पार्टीमा उजुरी 

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका

श्रीलंकामा वाम गठबन्धनको शानदार जित

एजेन्सी–श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिसानायकेको वाम गठबन्धनले मध्यावधि विधानसभा चुनावमा

गण्डकीमा डेंगु सङ्क्रमणबाट आठ जनाको मृत्यु

गण्डकी– गत पुस र माघदेखि गण्डकी प्रदेशमा १८ हजार तीन

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको