नेप्से १२९ अंकले बढेर दोस्रो पटक लाग्यो सर्किट ब्रेक « Khabarhub

नेप्से १२९ अंकले बढेर दोस्रो पटक लाग्यो सर्किट ब्रेक


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्से सूचकमा आइतबार दोस्रो सकारात्मक सर्किट लागेर ४० मिनेटको लागि कारोबार बन्द भएको छ।

बजार खुलेको २ मिनेट नहुँदै नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट लागेको थियो भने त्यस पश्चात खुलेको बजारमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट लागेको हो।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बजार खुलेको १ मिनेट ३३ सेकेन्डमा पहिलो पोजेटिभ सर्किट लागेको थियो र २० मिनेटका लागि बजार बन्द भएको थियो । २० मिनेट पछि बजार खुलको १ मिनेटमै दोस्रो सर्किट लागेको हो ।

दोस्रो सर्किट ५.०२ प्रतिशतले बढेर बजार बन्द भएको हो । अब ४० मिनेटका लागि बजार बन्द रहन्छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक भएसँगै आज कारोबारको पहिलो दिन दोस्रो सर्किट लागेको हो ।

दोस्रो सर्किट लाग्दा १२९.०७ अंकले नेप्से बढेर २६९७.२१ विन्दुमा पुगेको छ । दोस्रो सर्किट लाग्दा ५२ करोड ४९ लाख ६३ हजार रुपैयाँ बराबरको १३ लाख २०५ कित्ता शेयर किनबेच भएको छ ।

दोस्रो सर्किट लाग्दा २२१ कम्पनीको शेयर मूल्य बढेको छ भने ११ कम्पनीको शेयर मूल्य घटेको छ । ३ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यसअघि नेप्सेमा ३.९९ प्रतिशतले बढेर पहिलो सकारात्मक सर्किट लागेका थियो । पहिलो सर्किट लाग्दा सम्ममा नेप्सेमा १०२.६८ अंकले बढेको थियो ।

पहिलो सर्किटमा २७ करोड २० लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार हुँदा ५ लाख ५६ हजार ६५९३ कित्ता शेयर कारोबार भयो ।

पहिलो सर्किट ब्रेक लाग्दा २०६ कम्पनीको शेयर मूल्य बढ्यो भने १४ कम्पनीको शेयर मूल्य घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ११ : ३४ बजे

अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले नेपालको अर्थतन्त्रको विकासमा

एमालेको निर्वाचन तालिका : तीन दिनमा सकिने महाधिवेशन थप तीन दिन लम्बिने निश्चित

काठमाडौं- नेकपा (एमाले) का ११औँ महाधिवेशनको बन्दसत्र अन्तर्गत निर्वाचन कार्यक्रम

बिहारका नितिन नबीन बने भाजपाका राष्ट्रिय कार्यकारी अध्यक्ष

नयाँदिल्ली- बिहार सरकारका मन्त्री नितिन नबीनलाई भारतीय जनता पार्टी (बीजेपी)

नेपालका परम्परागत खेलको संरक्षण र संवर्द्धन गर्नुपर्छ : मन्त्री नेपाल

काठमाडौं– बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री उर्मिला नेपालले नेपालका परम्परागत खेलहरू