‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक « Khabarhub

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको डेब्यू निर्देशकीय सिनेमाको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । सिनेमाको पोस्टरले दर्शकलाई उत्साहित बनाउने विश्वास निर्देशक पन्तको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता ढुंगाना, ब्रह्मानन्दम अली, सञ्चीता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : २५ बजे

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २

तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला

कास्की– पोखराको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य फेवातालको मध्यभागमा अवस्थित

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब ५४ करोड पुग्यो

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार