'ह्रस्व दीर्घ'को नयाँ पोस्टर सार्वजनिक | Khabarhub Khabarhub

‘ह्रस्व दीर्घ’को नयाँ पोस्टर सार्वजनिक


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं असोज ३ गते संविधान दिवसको अवसर पारेर प्रदर्शनको तयारीमा रहेको सिनेमा ह्रस्व दीर्घको नयाँ पोस्टर सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा अभिनेता हरिहर अधिकारीलाई एंग्री योङ्गम्यानको रुपमा प्रस्तुत गरिएको छ ।

चन्द्र पन्तको डेब्यू निर्देशकीय सिनेमाको सार्वजनिक पोस्टरमा हरिहरका अलवा कवीर सिंह दुहान, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकारलाई फिचर्ड गरिएको छ । केही दिनमा सिनेमाको टिजर सार्वजनिक गर्ने तयारी निर्माण टिमको छ । सिनेमाको पोस्टरले दर्शकलाई उत्साहित बनाउने विश्वास निर्देशक पन्तको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा नीता ढुंगाना, ब्रह्मानन्दम अली, सञ्चीता लुइटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । नेपाली, तेलुगुहिंन्दी गरी तीन भाषामा यो सिनेमा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ४ : २५ बजे

लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण मानवजातिका लागि शान्तिको प्रतीक : उपप्रधानमन्त्री सिंह

काठमाडौं- उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले गौतमबुद्धको जन्मस्थल लुम्बिनी

प्रचण्डले भने- ‘कुलिङ पिरियड’मा एमालेले अन्ततः म्याउ गर्‍यो, संशोधन प्रस्तावबाटै हाम्रो शंका पुष्टि

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती

भक्तपुरको झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

भक्तपुर– चाँगुनारायण नगरपालिकाले झौखेलमा सञ्चालित पाँच वटा खानेपानी उद्योगमाथि प्रतिबन्ध

राष्ट्रपति पौडेलद्वारा गण्डकीका पूर्व प्रदेश प्रमुख गुरुङको निधनप्रति दुःख व्यक्त

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधनप्रति दुःख

कम्बोडिया–थाइल्याण्ड द्वन्द्व तेस्रो दिन पनि जारी, मृतकको सङ्ख्या बढ्दै

काठमाडौं– थाइल्याण्ड र कम्बोडियाबीच गत बिहीबार शुरु भएको तनाव तेस्रो