विशेषले राहत दिएपछि बैकुण्ठका पाँच तस्बिर « Khabarhub

विशेषले राहत दिएपछि बैकुण्ठका पाँच तस्बिर


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निलम्बित मुख्यसचिव बैकुण्ठ अर्यालसँग विशेष अदालतले ५० हजार रुपैयाँ धरौटी मागेको छ ।

आइतबार दिनभर चलेको बयानपछि विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा तथा रितेन्द्र थापाको इजलासले अर्याललाई राहत हुने गरी आदेश दिएका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अभियोग पत्र दायर गरेको ३५ दिनपछि उनी आइबार बयान दिन पुगेका थिए । बयान दिएपछि विशेष अदालतमै बसेका अर्याल धरौटीको आदेश आएपछि मात्रै परिवारका सदस्यसहित बाहिरिए ।

उनी विशेषले मागेको ५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् । उनलाई पुर्पक्षका लागि थुनामा पठाउने या धरौटी लिएर छाड्ने निर्णयका क्रममा विशेषले राहत दिएको हो ।

सेक्युरिटी प्रिन्टिङ प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर निलम्बित मुख्यसचिव अर्याल आइतबार बयानका लागि विशेष अदालतमा उपस्थित भएका थिए ।

 

 

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ६ : ५९ बजे

कलाकार समेत रहेका प्रधानमन्त्री बालेनको सुधार सूचीमा किन परेन फिल्म क्षेत्र ?

काठमाडौँ- चलचित्र विकास बोर्डको तथ्याङ्क हेर्दा वार्षिक रुपमा औसत ६०

इरानको तेल नियन्त्रणमा लिने ट्रम्पको चेतावनी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको तेल नियन्त्रणमा लिन सक्ने

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी– मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने

लाओसविरुद्धको खेलका लागि टोली घोषणा : अञ्जन विष्ट अटाएनन्

काठमाडौँ – मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले सर्वाधिक १३ गोलको कीर्तिमान

कर्णाली प्रदेशसभाको सातौँ अधिवेशन अन्त्य

कर्णाली– कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको सातौँ अधिवेशन अन्त्य भएको छ