अवसरको खोजीमा शहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी « Khabarhub

अवसरको खोजीमा शहर पस्दै ढोरपाटनका तिब्बती शरणार्थी


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

बागलुङ – काठका फल्याकले छाइएका, ढुङ्गा र माटोले बनाइएका पर्खाल, हेर्दा निकै आकर्षक देखिन्छन् यहाँका घर । वरपर कपडाका झण्डा फरफराइरहेका छन् । यी दृश्य हेर्न यहाँ पुग्ने जोकोही एकपटक टक्क रोकिन्छन् र बस्तीमा पुग्न पाए हुन्थ्यो सोच्छन् । यी ढोरपाटन नगरपालिका–६ को छेन्तुङ र वडा नम्बर ९ को स्यालपाखेमा रहेका तिब्बतीयन शरणार्थी बस्ती हुन् ।

दशकौँ अगाडि तिब्बतबाट आएका शरणार्थी अहिले पनि ढोरपाटनमा बसोबास गर्दै आएका छन् तर यहाँ पहिलेको जस्तो चहलपहल छैन । बस्ती सुनसानजस्तै छन् । शरणार्थीले ढोरपाटन छोड्दै गएका छन् । यहाँ रहेका ठूला–ठूला घर तथा भवन पनि जीर्ण बन्दै छन् ।

विगतमा विभिन्न समस्यासँग जुधेर पनि यहाँका बस्तीमै रमाइरहने शरणार्थी अचेल भने अवसरको खोजीमा सहर पस्न थालेका छन् । त्यसैले केही वर्षयता ढोरपाटनमा उनीहरूको सङ्ख्या कम हुँदै गएको छ । खेतीपाती र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका शरणार्थी अहिले व्यापार व्यवसायसँगै रोजगारीको खोजीमा काठमाडौँ, पोखरालगायतका सहर जान थालेका छन् । जसले गर्दा यहाँका बस्ती पातलिँदै गएका हुन् ।

नोर्जेलिङ तिब्बतीयन क्याम्प ढोरपाटनकी सचिव छिरिङ भुदीले धेरैजसो शरणार्थी पोखरा र काठमाडौं सरेको र अहिले बुढापाका मात्रै बस्तीमा रहेको सुनाए। ढोरपाटनमा पहिले करिब डेढ सय परिवार रहेकोमा अहिले २० घरका करिब ४० जना मात्रै बसोबास गरिरहेका उनले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बागलुङकानुसार पछिल्लो तीन वर्षमा शरणार्थी परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या पनि कम छ । आव २०७८/७९ मा ५६ जना, २०७९/८० मा ५३ जना र गत आर्थिकमा ५० जनाले मात्र परिचयपत्र नवीकरण गरेको बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

हरेक वर्ष चैत मसान्तमा शरणार्थीको परिचयपत्र नवीकरण हुने गर्छ । कोहीले वर्षैपिच्छे र केहीले दुई वर्षमा एकपटक नवीकरढा गर्ने गरेको बरालको भनाइ छ ।

“विसं २०५२ पछि नयाँ पुस्ताले परिचयपत्र पाएका छैनन् । पछिल्लो समय शरणार्थीहरू विदेशीन थालेका र शरणार्थी महिलाले नेपालीसँग विवाह गरेर नेपाली नागरिकता पाउने भएकाले पनि परिचयपत्र नवीकरण गर्नेको सङ्ख्या कम हुँदै गएको छ”, सहायक प्रजिअ बराल भन्छन् “त्यसैगरी२९ वर्षेदेखि नयाँ परिचयपत्र वितरण भएको छैन । धेरैजसो देशबाहिर जान थालेकाले पनि बर्सेनि परिचयपत्र बनाउनेको सङ्ख्या घट्दै गएको छ ।”

आफू ढोरपाटन मै जन्मिएको बताउने चालिस वर्षीया शरणार्थी भुदीले आफ्ना बुवा र हजुरबुवा विसं २०१८ मा ढोरपाटनमा आएको बताए । यही जन्मेर र यही हुर्किंदा पनि शरणार्थीका समस्या समाधान नभएका उनको गुनासो छ । परिचयपत्रले मोबाइलको सिम कार्ड निकाल्न, बैंक खाता खोल्न, कारोबारदेखि अन्य सरकारी काम गर्न समस्या रहेको भुदीले सुनाए ।

“बच्चाहरू स्कूल पढ्छन, ठूलो भएर विदेश जान खोजे पनि समस्या छ । बैंकमा खाता खोलौँ भने पनि मिल्दैन । कसैले पैसा पठाउन चाहेमा छिमेकी नेपालीको खातामा पठाउन लगाउनुपर्छ । शरणार्थी त थियौँ नै अरूमा आश्रित हुनुपरेकाले थप समस्या भएको छ”, उनले दुःखेसो व्यक्त गरे ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  ८ : ११ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४