भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते | Khabarhub Khabarhub

भक्तपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते


१३ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


264
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – टिपरको ठक्करबाट आज एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको ग ७ प ५३५३ नं को मोटरसाइकललाई बाप ४ ख २९०१ नम्बरको टिपरले मध्यपुरथिमि–४ नयाँ थिमिमा पछाडिबाट ठक्कर दिँदा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१ घर भई हाल भक्तपुर कमलविनायक बस्ने अन्दाजी २१ वर्षीय सुभाष तामाङको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले बताए ।

मोटरसाइकल पछाडि सवार काभ्रेपलाञ्चोक महाकाल गाउँपालिका–६ घर भई हाल कमलविनायक बस्ने २० वर्षीय सञ्जिव थापामगरको मध्यपुर अस्पतालमा उपचार भइरहेको कार्कीले जानकारी दिए ।

प्रहरीले दुर्घटनामा संलग्न टिपर र चालक काभ्रेपालञ्चोक मण्डनदेउपुर–६ बस्ने २८ वर्षीय राजकुमार राईलाई नियन्त्रणमा लिइ अनुसन्धान सुरु गरेको कार्कीले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०८१, आइतबार  १० : ३२ बजे

कामपाद्वारा पानीको जारको अनुगमन, एक हप्तामै २७१ जार नष्ट

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रशोधित पिउने पानीको जारहरूको अनुगमनलाई तीव्रता दिएको

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्नेछ : प्रधानमन्त्री 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराईमा सिँचाइको स्थायी समाधान खोज्न

रौतहटबाट पाँच करोड ७४ लाख बराबरको सामान बरामद

रौतहट– सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी बल रौतहटले गत आर्थिक

अवैध रूपमा भित्रिने माछाका कारण किसान समस्यामा

कैलाली– यहाँको खुला सिमानाकाबाट अवैध रूपमा भित्रिने भारतीय माछाका कारण

निर्धारित समयमै रङ्गशाला निर्माण हुनुपर्छ : प्रचण्ड

चितवन– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले