पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्षस्थानमा « Khabarhub

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्षस्थानमा


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् ।

आइतबार राति सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शीर्षस्थानमा रहेको छ भने अस्ट्रेलिया ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ । आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ ।

त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ । चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ ।

यसैगरी अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले एक–एक स्वर्ण पदक जितेका छन् ।

त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले पनि रजत तथा कास्य पदक जितेका छन् । नेपाल भने जितविहीन छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ५५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने