पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्षस्थानमा « Khabarhub

पेरिस ओलम्पिक : २८ देशले जिते पदक, जापान शीर्षस्थानमा


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म २८ देशले पदक जितेका छन् ।

आइतबार राति सम्पन्न खेलपछि ११ देशले स्वर्ण पदक जितेका छन् भने कुल २८ देशले पदक जितेका छन् ।

जसमा जापान ४ स्वर्ण, २ रजत र एक काश्य पदकसहित शीर्षस्थानमा रहेको छ भने अस्ट्रेलिया ४ स्वर्णसहित २ रजत पदकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै अमेरिकाले ३ स्वर्ण ६ रजत र ३ काश्य पदक जितेको छ । आयोजक फ्रान्सले ३ स्वर्ण ३ रजत र २ काश्य पदक जितेको छ ।

त्यस्तै दक्षिण कोरियाले ३ स्वर्ण, २ रजत र एक काश्य पदक जितेको छ । चीनले ३ स्वर्ण, एक रजत र एक काश्य पदक जितेको छ ।

यसैगरी अहिलेसम्म इटाली, काजकिस्तान, बेल्जियम, जर्मनी, हङकङ र उज्बेकिस्तानले एक–एक स्वर्ण पदक जितेका छन् ।

त्यस्तै ग्रेट ब्रिटेन, ब्राजिल, क्यानडा, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, स्विडेन, इजिप्ट, स्पेनब, हंगेरी, भारत, मोलडोभा, मेक्सिको र दक्षिण अफ्रीकाले पनि रजत तथा कास्य पदक जितेका छन् । नेपाल भने जितविहीन छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ५५ बजे

हिक्मतले किन भने ? ओलीको निर्देशन मान्दिनँ, पार्टी सचिवालयबाटै हटाउने निर्णय गर्नुपर्छ

विराटनगर- नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच कम्तीमा

कसैले तपाईंका सन्तानलाई दुर्व्यवहार त गरेको छैन ? : डा. उप्रेती

काठमाडौं- जनस्वास्थ्यविद् डा. अरुणा उप्रेतीले बालबालिकालाई यौन दुर्व्यवहारबाट जोगाउन अभिभावकहरूले

झिलिमिली बन्दै जनकपुरधाम

जनकपुरधाम– केही समयअघिसम्म साँझपर्नासाथ अँध्यारो र सुनसान देखिने जनकपुरधाम उपमहानगर

बाँकेमा ४५ हजार लगानीकर्ता टिएमएसबाट कारोबार गर्दै

नेपालगन्ज– बाँकेमा शेयर बजारप्रति आकर्षण बढ्दै जाँदा करिब ४५ हजार

रोल्पाको पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ– रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव आज