त्रिशूलीमा हराएको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो « Khabarhub

त्रिशूलीमा हराएको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटियो


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


654
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता भएका दुई बसको खोजीका क्रममा हराएको १९ केजीको चुम्बक र लाइफ ब्वाइ ट्युब भेटिएको छ । चुम्बक र लाइफ ब्वाइ ट्युब नारायणी नदीको काभ्रेघाटमा भेटिएको छ।

साउन ५ मा आएको भारतीय टोली भने ८ दिनको प्रयासमा पनि बस भेट्टाउन असफल भएपछि आइतबार फर्किसकेको छ।

गत असार २८ गते भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् ।

नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १८ दिनसम्म पनि दुई बस तथा ३८ यात्रु अझै फेला पर्न नसकेका हुन् ।

दुई बसमा गरी ६५ जना रहेकोमा तीनजनाले हामफालेर ज्यान जोगाएका थिए भने २४ जनाको शव भेटिएको छ । अझै दुई बस र ३८ यात्रु बेपत्ता छन् ।

यो पनि पढ्नुहोस्

बस खोज्न प्रयोग गरिएको चुम्बक नै त्रिशूलीले बगाइदियो
त्रिशूलीमा आठ दिन खटिँदा पनि भेटिएनन् बस, फर्कियो भारतीय टोली

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ९ : ०६ बजे

टेम्केमैयुङका स्थानीयलाई विद्युतीय चुलो वितरण

भोजपुर– ग्रामीण क्षेत्रमा स्वच्छ ऊर्जाको प्रयोग बढाउँदै परम्परागत खाना पकाउने

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौँ– मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस प्रभावित

जनकपुरविरुद्ध काठमाडौंले जित्यो टस

काठमाडौं– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत जनकपुर

हराभरा प्रकृति समृद्धिको आधार

संघीय राजधानी काठमाडौँको आँगनमै उभिएर पनि प्रकृतिको शीतलता, संस्कृतिको मौलिकता,

बाढीबाट क्षति पुगेको बेनी खानेपानीको पाइपलाइन मर्मत गरिँदै

म्याग्दी– गत असोजको झरीपछिको बाढी पहिरोका कारण क्षतिग्रस्त म्याग्दीको सदरमुकाम