गम्भीर आरोप र विवादपछि कृष्णमान आफैंले फिर्ता लिए नाम « Khabarhub

गम्भीर आरोप र विवादपछि कृष्णमान आफैंले फिर्ता लिए नाम


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

प्रस्तावित आयुक्त प्रधानबारे संसदीय सुनुवाइ सकेर अनुमोदन गर्ने-नगर्नेबारे निर्णय लिन साँझ ५ बजे संदीय सुनुवाइ विशेष समितिको बैठक बस्नुअघि नै आफ्नो नाम फिर्ता लिएका हुन् ।

प्रधानले समितिमा निवेदन दिएर आफ्नो नाम फिर्ता लिएका हुन् । नाम फिर्ता लिन निवेदन दिएसँगै उनको अनुमोदनबारे निर्णय लिन डाकिएको बैठक स्थगित भएको छ ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा गत असार २ गते बसेको संवैधानिक परिषद्को बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको थियो।

प्रधानबारे समितिमा यौन दुराचारसम्बन्धी गम्भीर उजुरी परेको थियो । उच्च नैतिक चरित्रको नभएको भन्दै उनको नाम अनुमोदन नगर्न समितिसमक्ष दबाब बढेको थियो ।

सोमबार बिहान ११ बजेका लागि डाकिएको बैठक विवादबीच सारिएको थियो । बैठक सारेर सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरू आन्तरिक छलफलमा जुटेका बेला प्रधानले नाम फिर्ता लिएका हुन् ।

प्रधानबारे उनकै कार्यालयमा कार्यरत महिलाले यौन शोषण गरेको आरोप लगाएकी थिइन् । पूर्व सहकर्मीले आफूलाई लामो समयदेखि यौन शोषण गरेको भन्दै समितिमा उजुरी दिएकी थिइन् । प्रधानले उक्त विषय अदालतबाट टुंगिसकेको जिकिर गरेका थिए ।

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  २ : १३ बजे

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई

‘युक्रेन संकट समाधानका लागि संवाद र वार्ताको आवश्यकता’

एजेन्सी– युक्रेन संकटको दीर्घकालीन समाधानका लागि संवाद र वार्ता मात्र