चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस « Khabarhub

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि ३ जनाको नाम सिफारिस


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षा आयोगका उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले ३ जनालाई छनोट गरेको छ ।

समितिले प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी भएका ९ जनामध्येबाट ३ जनाको नाम छनोट गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको हो ।

सिफारिस समितिले एक नम्बरमा प्राध्यापक डाक्टर सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीको नामा सिफारिस गरेको हो ।

आयोगको उपाध्यक्ष पदका लागि ११ जनाले उमेद्वारी दिएकामा सिफारिस समितिले ९ जनालाई मात्रै अन्तर्वार्ता र प्रस्तुतीकरणका लागि छनोट गरेको थियो । उनीहरुको साउन २६ र २७ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता भएको थियो ।

यसअघि आयोगको उपाध्यक्षका लागि नाम सिफारिस गर्न गठित समितिले असार ९ गते प्रकाशित गरेको सूचनाका आधारमा दरखास्त दिएका ६ जनाको दरखास्त रद्द गरेको थियो । समितिले दोस्रोपटक आह्वान गरेको सूचनाको आधारमा दरखास्ती दिएका मध्ये प्राडा शेरचन, पहारी र गिरी छनोट भएका हुन् ।

सिफारिस समितिले छनोट गरेका ३ जनामध्येबाट एकजनालाई मन्त्रिपरिषद्ले आयोगको उपाध्यक्षका लागि नियुक्ती गर्नेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ३३ बजे

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा