पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, जापान शीर्षस्थानमा « Khabarhub

पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, जापान शीर्षस्थानमा


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । सोमबार रातिसम्म सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।

अहिलेसम्म जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्षस्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा छ। यस्तै, तेस्रो स्थानमा रहेको चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ । अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १, अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।

यसैगरी, ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छन् भने इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले १–१ स्वर्ण पदक जितेका छन् ।

अहिलेसम्म ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीट्जरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले पनि ओलम्पिक पदक जितेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ४७ बजे

भेनेजुएलामा कारबाहीका क्रममा गोप्य हतियारको प्रयोग : ट्रम्प

एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका नेता निकोलस मादुरोलाई

निर्वाचन नजिकिँदै जाँदा उत्साहित छन् नयाँ मतदाता

गलेश्वर– म्याग्दीका दल र स्वतन्त्र उम्मेदवारहरूले मनोनयन सकेर मत माग्न

बालेनको घरदैलो कार्यक्रममा खटिइन् पत्नी सविना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा–५ मा घरदैलो कार्यक्रम

हिमपातपछि जुम्लामा जाडोले जनजीवन प्रभावित

जुम्ला– हिमपात परेसँगै बढेको जाडोले यहाँको जनजीवन प्रभावित भएको छ

श्रम नगरी देश बन्दैन : हर्क साम्पाङ

दमौली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रम नगरी