पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, जापान शीर्षस्थानमा « Khabarhub

पेरिस ओलम्पिक : ३६ देशले जिते पदक, जापान शीर्षस्थानमा


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फ्रान्समा जारी पेरिस ओलम्पिकमा अहिलेसम्म ३६ देशले पदक जितेका छन् । सोमबार रातिसम्म सम्पन्न खेलपछि १७ देशले स्वर्ण पदक जितेका छन् भने कुल ३६ देशले पदक जितेका छन् ।

अहिलेसम्म जापान ६ स्वर्ण, २ रजत र ४ काश्य पदकसहित शीर्षस्थानमा रहेको छ भने आयोजक फ्रान्स ५ स्वर्ण ८ रजत र ३ काश्य पदक सहित दोस्रो स्थानमा छ। यस्तै, तेस्रो स्थानमा रहेको चीनले ५ स्वर्ण, ५ रजत र २ काश्य पदक जितेको छ । अस्ट्रेलियाले ५ स्वर्णसहित ४ रजत पदक जितेर चौथो स्थानमा रहेको छ ।

त्यस्तै दक्षिण कोरियाले ५ स्वर्ण ३ रजत र १, अमेरिकाले ३ स्वर्ण ८ रजत र ९ काश्य पदक जितेको छ ।

यसैगरी, ग्रेट ब्रिटेनले २ स्वर्ण, ५ रजत र ३ काश्य पदक जितेको छन् भने इटालीले २ स्वर्ण, ३ रजत र ३ काश्य पदक जितेको छ । क्यानडा, हङकङ र जर्मनीले पनि २–२ स्वर्ण पदक जितेका छन् । त्यसैगरी काजकिस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्बेकिस्तानले १–१ स्वर्ण पदक जितेका छन् ।

अहिलेसम्म ब्राजिल, स्विडेन, फिजी, कोसोभो, मंगोलिया, पोल्याण्ड, ट्युनिसिया, इजिप्ट, स्पेन, हंगेरी, भारत, मोलडोभा, मेक्सिको, स्वीट्जरल्याण्ड, स्लोभाकिया, टर्की, युक्रेन, आयरल्याण्डले पनि ओलम्पिक पदक जितेका छन् ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ७ : ४७ बजे

देउमाई खोलाको पक्की पुल संरक्षण गरिँदै

इलाम– इलामको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने

सरकारका प्रवक्ता र सम्पादकबीच छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र विभिन्न सञ्चार माध्यमका

लुगा सुकाउने क्रममा करेन्ट लागेर २२ वर्षीया महिलाको मृत्यु

कञ्चनपुर– कृष्णपुर नगरपालिका-५ गजरौला बस्ने २२ वर्षीया लक्ष्मी नेपालीको करेन्ट लागेर सोमबार

कोशी अस्पतालको नयाँ भवन समयमै सम्पन्न नहुँदा बिरामीलाई सेवा प्रवाहमा समस्या

विराटनगर– कोशी अस्पतालको नयाँ भवन समयमा निर्माण हुन नसक्दा सेवाग्राहीले

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसारपसार र जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस