आज खीर खाएर साउन १५ मनाइँदै | Khabarhub Khabarhub

आज खीर खाएर साउन १५ मनाइँदै


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साउन १५, खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दहीच्यूरा र साउन १५ मा खीर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ ।

साउने झरी पर्ने बेलामा तातो खीरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खीर खाने चलन छ । दूधमा मरमसला लगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । दूधबाट बनेको खीरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने बताइन्छ ।

असार–साउन मासको धान रोपाइँमा हिलोमा काम गर्दा चिसोले गर्ने असर कम गर्न मध्य साउनमा खीर खाने परम्परा बसेको बूढापाकाको भनाइ छ ।

संस्कृत भाषामा पायस भनिने खीर सात्विक आहार मध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा.डा. देवमणि भट्टराई बताउँछन् ।

नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ मा खीर, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउमा तयार गरेको खट्टे, माघ १५ मा मालपुवा लगायत चीजबीज बनाएर खाने चलन छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ९ : ०८ बजे

चौथो टी-२० मा इंग्ल्याण्डविरुद्ध वेस्ट इन्डिजको जित

काठमाडौं – ब्याट्सम्यान जमेको चौथो टी-२० खेलमा वेस्ट इन्डिजले इङ्गल्यान्डलाई

सकियो उग्रतारा मेला, देउवा दम्पती सहभागी

डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी

ट्रम्प निर्वाचित भएपछि युद्ध अन्त्य हुने जेलेन्सकीको विश्वास

युक्रेन – युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति

आजदेखि उपनिर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही

काठमाडौं– यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि

केही भूभागमा वर्षाको सम्भावना, तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल