युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न प्रेस काउन्सिलको आग्रह | Khabarhub Khabarhub

युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न प्रेस काउन्सिलको आग्रह


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब माध्यमलाई पत्रकारिताको धार समात्न आग्रह गरेका छन् ।

अनलाइन मार्फत नयाँ सुरु भएका सञ्चार माध्यमका लागि सोमबार गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जाल युट्युबसहितबाट मिथ्या र एकपक्षीय सूचना छाइरहेको सन्दर्भमा अध्यक्ष बस्नेतले युट्युबरहरुलाई संस्थागत विकास गरी जिम्मेवार हुन आग्रह गरेका हुन् ।

उनले भने, ‘मिडिया के हो, पत्रकारिता के हो भन्ने थाहा नपाउने प्रवृत्ति पनि देखियो । व्यक्तिगत रुपमा चलेका युट्युबको पनि देश र समाजप्रति जिम्मेवारी हुन्छ । नागरिक दायित्व हुन्छ । मिडियाको रुपमा चल्ने युट्युबले त पत्रकारिताका आधारभूत पक्ष, पत्रकार आचारसंहिताको पूर्णपालना गर्नैपर्छ ।’

उनले स्वस्थ, मर्यादित, तथ्य र जिम्मेवारपूर्ण पत्रकारिताबिना विकास र समृद्धिको यात्राको संवाहक हुन नसक्ने तर्फ सबै सचेत हुनुपर्ने बताए । देशलाई धनी बनाउन, जनतालाई निराशाबाट मुक्त पार्न अब मिडियाले पत्रकारिताको धार परिवर्तन गर्न जरुरी रहेको उनको भनाइ थियो ।

उनले हुँदै नभएका कुरा लेखेर, बोलेर, एकपक्षीय आरोप गाली वर्षाएर, कसैको उक्साहटमा परी गलत र मिथ्या सूचना दिनु अपराध हुने बताए ।

प्रेस काउन्सिलले रचनात्मक पत्रकारिता विकास र विस्तारका लागि विभिन्न मिडिया जगतसँग हातेमालो कार्यक्रम गरिरहेको जानकारी दिँदै उनले रचनात्मक पत्रकारिता देश र जनताको पक्षमा हुने बताए ।

काउन्सिलले पत्रकार आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्न अनलाइन र युट्युब माध्यममा कार्यरत पत्रकारलाई नियमित अभिमुखीकरण कक्षा लिँदै आएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ११ : १७ बजे

पाल्पाको रिमिघा लेकमा यार्सागुम्बा फेला

पाल्पा- रम्भा गाउँपालिका– २ फोक्सिङकोट र  वडा नम्बर ३ रिमिघा

अल्काराजलाई फ्रेन्च ओपनको उपाधि

काठमाडौं – कार्लोस अल्काराजले फ्रेन्च ओपन टेनिसको उपाधि रक्षा गरेका

गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवाला एकजुट

पाल्पा– गण्डकी सभ्यता बचाउन चार जिल्लाका सरोकारवालाले जोड दिएका छन्

यी प्रदेशमा चट्याटङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फाप्लु अस्पतालमा क्षमताभन्दा बढी बिरामीको चाप

सोलुखुम्बु– सोलुखुम्बुको फाप्लु जिल्ला अस्पतालले क्षमताभन्दा बढी सेवा दिनुपर्दा समस्या