गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए « Khabarhub

गड्डाचौकीबाट ६ महिनामा चार सय बढी पर्यटक भित्रिए


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– पश्चिमी सीमानाका गड्डाचौकी हुँदै पैदलमार्गबाट सन् २०२४ को ६ महिनामा चार सय ६५ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सोही अवधिमा सीमानाका हुँदै भारततर्फ जाने विदेशी पर्यटकको सङ्ख्या १५ मात्रै रहेको छ ।

अध्यागमन कार्यालय गड्डाचौकीका निमित्त कार्यालय प्रमुख पदमराज भट्टका अनुसार सीमानाका हुँदै भारततर्फ जाने पर्यटकको सङ्ख्या न्यून छ । सीमानाका हुँदै भारत जाने पर्यटकका लागि भारत सरकारले सीमानाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ ।

‘नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमानाकामा रोकेको छैन’, उनले भने, ‘नेपाल भएर भारततर्फ जानेलाई सन् २०२१ को डिसेम्बर १० तारिखदेखि हालसम्म जान दिएको छैन ।’ यसैकारणले पर्यटकलाई प्रस्थान (डिपार्चर) दिने कार्य स्वतः स्थगन भएको उनको भनाइ छ ।

भारतमा बस्ने विदेशी पर्यटकले नेपाल आएपछि अधिकांशले १५ दिनका लागि राहदानी लिने गरेका छन् । विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको राहदानी दिइने गरेको छ । यसका लागि भिसा शुल्क ३० डलर लाग्ने गर्दछ । तीस दिनको भिसाका लागि ५० डलर र ९० दिनको लागि एक सय २५ डलर शुल्क लाग्ने गरेको कार्यालय प्रमुख भट्टले बताए ।

विसं २०८१ को असार मसान्तसम्म अध्यागमन कार्यालयले राहदानी शुल्कवापत ५९ हजार पाँच सय २७ डलर राजस्ववापत सङ्कलन गरेको छ ।

अध्यागमन कार्यालयको तथ्याङ्कानुसार सन् २०२३ को जनवरीदेखि डिसेम्बरसम्म सीमानाका भएर नौ सय ८३ विदेशी पर्यटक भित्रिएका थिए ।

सन् २०२२ मा जनवरीदेखि डिसेम्बरसम्म पाँच सय ४२ विदेशी पर्यटक भित्रिएका थिए । सन् २०२१ जनवरीदेखि जुलाईसम्म सीमानाका हुँदै भित्रिने पर्यटकको सङ्ख्या शून्य थियो । अगष्टदेखि डिसेम्बरसम्म ५८ पर्यटकमात्र भित्रिएका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  १२ : १५ बजे

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी– नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको अन्नपूर्ण हिमालको आधार

मनि लाउन्डरिङ निवारण संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

काठमाडौं– सरकारले सम्पत्ति शुद्धिकरण(मनि लाउन्डरिङ्ग) निवारण (तेश्रो संशोधन) विधेयक २०८३

संसद्‍मा उठ्यो कक्षा १२ को परीक्षाफलमा त्रुटिको विषय, सांसदले भने- छानबिन गरी दोषीलाई कारबाही गरियोस्

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

पार्टी भन्दा ठूलो देश हो, सीमाबारे प्रधानमन्त्रीले चितवनबाट हैन सदनबाटै स्पष्ट पार्नुपर्छ : आरेन राई

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति

सडकमा खाल्डो भेटिए राज्यलाई एक लाख जरिवाना तिराउने कानुन चाहियो : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले