ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु « Khabarhub

ओलीको घोषणा : दुई वर्ष पुग्नु एक साताअघि नै राजीनामा दिन्छु


१५ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको कार्यशैली सन्तोषजनक नभएकाले समीकरण परिवर्तन गर्नुपरेको बताएका छन् ।

मंगलबार नेपाल सरकार संघीय मन्त्रालयका सचिवको बैठकलाई सम्बोधन गर्दै ओलीले राजनीतिक, आर्थिक र सामाजिक परिवर्तनमा असाधारण योगदान गरेर प्रमुख स्थान प्राप्त गरेका पार्टी अहिले सरकारमा रहेका स्मरण गराए ।

कांग्रेस एमाले अहिले आएर मात्र प्रमुख पार्टी भएका नभई इतिहास बोकेका र सामर्थ्य भएका पार्टी भएको ओलीले बताउनुभयो । देशको वर्तमान अवस्था परिवर्तन गर्न अहिले यी दुई पार्टी एक ठाउँमा आएको उनले बताए ।

अहिलेको सरकारको काँधमा असाधारण चुनौती भएको ओलीले बताएका छन् ।

‘यस सरलाई असफलता हुने छुट छैन, यसलाई सफल हुने छुट छैन भन्ने मात्र होइन यो कुनै हालतमा असफल हुँदैन, यो असफल हुन बनेको हुँदैन, सफल हुन्छ’, ओलीले भने ।

यसो भन्दैमा हातमा हात बाँधेर बसेर सफल हुन नसकिने ओलीले बताए । ‘हाम्रो भाग्यमा अर्थोक लेखेकै छैन, सफल हुने मात्र लेखेको छ, तर डोकामा दोएर दूध अडिँदैन नि त’, ओलीले भने ।

हामी एक दिन सफल हुन्छौँ भन्ने होइन यो सरकार अहिले नै सफल हुनु पर्ने ओलीले बताए । यही आर्थिक वर्षमा सरकार सफल हुनु पर्ने उनको धारणा छ ।

यो सरकार कति दिन टिक्छ र भन्ने चर्चा हुने गरेको भए पनि त्यसमा नअलमलिन उनले आग्रह गरे । ठूला दलले आवश्यकता बोध गरेर सरकार बनाएकाले सरकारको विषयमा कुनै भ्रममा पर्नु नपर्ने ओलीले बताए ।

‘मेरो नेतृत्वमा मेरो सरकार दुई वर्ष चल्ने हो, दुई वर्ष पुग्न एक हप्ता अघि नै मैले राजीनामा गरिसकेको हुन्छु, गर्छ कि गर्दैन भन्ने द्विविधा हुँदैन, त्यसपछि शेरबहादुर देउवाजीको नेतृत्वमा चुनावसम्म जाने हो, यसमा ढुक्क भए हुन्छ’, ‌ओलीले भने ।

धोका खाएर होइन अहिले देश बनाउन यो काम नगरी नहुने भएकोले ठुला दुई दलको सरकार बनाएको उनले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार  ४ : ०० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर